Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

परम्परागत ढोल बाजा सिक्दै धिमाल समुदायका युवा

खबरडबली संवाददाता

झापा । दमक नगरपालिकाले अल्पसङ्ख्यक धिमाल समुदायको परम्परागत ढोल बाजाको संस्कृति लोप हुन नदिन ढोल बजाउने र नृत्य प्रशिक्षण सञ्चालन गरेको छ । 

लोप हुन लागेका संस्कृतिमा युवा पुस्तालाई आकर्षित गर्न यही जेठको दोस्रो सातादेखि दमक–४ मा तालिम सञ्चालन गरेको हो । नगरपालिकाले विसं २०७४ असोज ३० गते धिमाल जातिलाई प्रथम नागरिकका रुपमा घोषणा गरी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले पोदो अर्थात ढोलमा बजाइने सांस्कृतिक तालको संरक्षणमा तालिमले मद्दत पुग्ने बताए । धिमाल जातिले बजाउने ढोल अरु जातिले बजाउने भन्दा केही फरक हुन्छ । बाजा मात्र फरक होइन, यसमा बजाइने तालहरुसमेत फरक हुने भएकाले लोपोन्मुख तालको खोजी गर्न गाउँघरमा पछिल्लो समय यस किसिमको तालिम दिन थालिएको धिमाल समुदायका अगुवा रतन धिमालले बताए । 

धिमालका अनुसार अवस्था र महत्वका आधारमा १३ प्रकारको ताल बजाइने गरिन्छ । उनले भने, “खासगरी पूजा गर्दा, बाटोमा हिँड्दा, रमाइलो गर्दा र अन्य अवस्थामासमेत ढोलको आवाजले थाहा पाइन्छ, यसले हाम्रो संस्कृति झल्काउँछ ।”

पछिल्लो समय ढोल बजाउनेहरु हराउँदै गएकाले सँस्कृति संरक्षणमा चिन्ता थपिएको उनको भनाइ छ । धिमाल जातिको आफ्नै भाषा, धर्म, सँस्कृति र भेषभुषा छन् । सँस्कृति र भाषा हराएपछि जाति हराउला भन्ने चिन्ताले लोपोन्मुख सँस्कृतिको संरक्षणमा जुटेको प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले जानकारी दिए । 

तालिममा सहभागीले ढोलका १३ ताल सिकेका छन् । ढोल बनाउने काठ र वन्यजन्तुको छाला अभाव हुन थालेकाले विस्तारै ढोल लोप हुँदै गएको छ । एउटा ढोल बनाउँदा रु ५० हजार भन्दा बढी खर्च हुन्छ । 

नेपालमा एक सय ४२ जातिमध्ये ९८ जाति अल्पसङ्ख्यकको सूचीमा छन् । यीमध्ये धिमालको जनसङ्ख्या २५ हजार छ सय ४३ रहेको छ । धिमाल जातिले आफ्नो संस्कृति संरक्षणमा चासो राख्नुले अन्य जातिलाई प्रेरणा मिलेको आदिवासी जनजाति महासङ्घ झापाका पूर्वअध्यक्ष पारसमणि राई बताउँछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending