Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

काठमाडौंमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुदैँ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने भएको छ । नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंको बौद्धस्थित होटल हायातमा असार ४ गते मंगलबार एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना हुने भएको हो ।

यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा ३१ वटा चिनिया विश्वविद्यालय तथा कलेजहरूले भाग लिने नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले जानकारी दिएको छ । 

यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरूमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्व विद्यालयका स्टलहरू रहने छन् । ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिने बताइएको छ । असार ४ गते मंगलवार बिहान ९:३० बजे उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरू, शिक्षाविद्, विभिन्न विश्व विद्यालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहने छ ।

निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सो शैक्षिक प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीहरूको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकहरूलाई अनुरोध गरिएको छ । नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको छ । 

चीनका महान भिक्षु नेपाली राजकुमारी भृकुटी र कलाकार अरनिकोको चीनको राजधानी पैचिङ लगायतका विभिन्न क्षेत्रहरूको भ्रमण र तत्कालिन तिब्बती राजकुमारसँग राजकुमारी भृकुटीको वैवाहिक सम्बन्धले जोडिएको हामी दुई देशबीचको सम्बन्ध दिनानुदिन अझ बलियो, सुमधुर र घनिष्ठ हुँदै गएको छ । 

सन् १९५५ अगस्त १ का दिन दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि हामीबीचको स्थापना भएको झण्डै सात दशकको अवधिमा दुबै देशका उच्च नेताहरूको एकअर्का देशमा नियमित रूपमा भइरहेको भ्रमणले आपसी हितका विविध विषयहरूलाई उजागर गर्दै सहयोगका क्षेत्रहरू व्यापक बनाउने कार्य हुँदै आएको छ । सन् १९७९ मा चीनका वरिष्ठ नेता तङ स्याओफिङको नेतृत्वमा चीनको ढोका विश्वका लागि खुलेपछि खुलापनको ४५ वर्षको अवधिमा चीनले चौतर्फी रूपमा हासिल गरेका उपलब्धिहरूलाई एक असल छिमेकीको नाताले नेपालले नजिकबाट नियालिरहेको छ भने पछिल्ला दिनहरूमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न विभिन्न प्रयासहरू भइरहेका छन् ।

नेपालको भौतिक पूर्वाधार विकासमा महत्त्वपूर्ण सहयोग गर्दै आएको चीनले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासमा पनि अहं भूमिका निर्वाह गर्दै आएको छ । विश्वको दोश्रो ठूलो अर्थतन्त्र र उदाउँदो आर्थिक महाशक्तिको हैसियतले पनि पछिल्लो समयमा चीनलाई बुझ्न खोज्ने र चीनमा विभिन्न विषयमा प्राविधिक शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ ।

त्यसैगरी विशिष्ठ नेपाली संस्कृतिको अध्ययन र नेपालका विश्व प्रशिद्ध पर्यटकीय क्षेत्रको भ्रमणमा आउने चिनियाँहरूको संख्या पनि दिनानुदिन बढिरहेको छ । यसरी हेर्दा यी दुवै मुलुकहरूबीच विगत केही वर्षदेखि जनस्तरको सम्बन्ध अझ हराभरा र विकसित हुँदै आएको पाइन्छ । दशकौंदेखि चीनलाई नेपाली माझ चिनाउने र नेपाललाई चिनियाँहरू माझ परिचित गराउने उद्देश्यले समय समयमा एक अर्का देशमा सांस्कृतिक तथा शैक्षिक प्रदर्शनीहरू हुँदै आएका छन् भने यस्ता प्रदर्शनीहरूमा सर्वसाधारणले गहिरो रुची राख्ने गरेका छन् ।

नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद् जनवादी गणतन्त्र चीनबाट विभिन्न विषयमा स्नातक चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल चीन सांस्कृतिक गरेका नेपाली विद्वान र पेशाकर्मीहरूको मैत्री संस्था हो । चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र तथा शैक्षिक परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला सफलतापूर्वक आयोजना गर्दै आएको छ । पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएपछि प्रत्येक वर्ष प्रदर्शनीमा सहभागी हुनेहरूको संख्या बढ्दै गइरहेको छ भने चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ ।

चीनमा अध्ययन गरी फर्किएका दक्ष तथा उच्चस्तरीय जनशक्तिले विभिन्न क्षेत्रमा काम गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पुऱ्याइरहेका छन् । पछिल्लो जानकारीअनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ । पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

बझाङबाट एमालेका ४ केन्द्रीय सदस्य निर्वाचित

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending