Ntc summer Offer
Khabar Dabali २४ माघ २०८१ बिहीबार | 6th February, 2025 Thu
Investment bank

वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक छ: काेइराला

खबरडबली संवाददाता

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् । उनले भने,“नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको छ ।”

मधेस प्रदेशस्तरीय संविधान कार्यान्वयन सन्र्दभमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन आज यहाँ आयोजित  स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले  अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको छ भने । 

पटक–पटक सङ्घीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनले तर्क छ । नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताए । 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले   राजनीति गर्नेलाई कानुनको ज्ञान आवश्यक रहेको छ भने । अर्का केन्द्रीय सदस्य डा चन्द्रमोहन यादवले मिटरब्याजसम्बन्धी कानुन सच्याउनुपर्ने माग गरे । सांसद रामकृष्ण यादवले कांग्रेस पार्टीमा विचलन आउन नदिन नेता तथा कार्यकर्ता एकजुट हुनपर्छ भने । 

कांग्रेस मधेस प्रदेशका सभापति एवं प्रदेश सभासदस्य कृष्ण यादवले मधेसलाई राज्यबाट उपेक्षित बनाउन नहुने धारणा राखे । एसोसिएसन अध्यक्ष सीताराम केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभासदस्य श्याम पटेल, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल , अधिवक्ता विनोद शर्मा एवं सुधीर कर्णले राजनीतिक स्थायित्वका लागि दलहरुबीचमा एकता र सहकार्य आवश्यक छ भने । 

सो कार्यक्रममा संविधानविद् काशीराज दाहालले मधेस प्रदेशका पालिकाका प्रमुख , उपप्रमुख तथा प्रतिनिधिलाई स्थानीय तहमा  कानुनी र  वित्तीय सुशासनबारे प्रशिक्षण प्रदान गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुढासुब्बा गोल्डकपमा एनआरटी फाइनलमा प्रवेश

सुनसरी । साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइन...

उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का, आर्थिक काराेबार ठप्प

उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का भएका छन् । रौता सप्लायर्सलगायतले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं ...

राेजगारीकाे लागि विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । बेरोजगार युवा-युवतीलाई विदेशमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट...

खाेटाङमा “प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१” हुने

खोटाङ । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा आगामी फागुनमा मिनी महोत्सव हुने भएको छ । नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा फागुन १ देखि १६ गतेसम्म “प्रथ...

सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा दायर

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग...

देशका ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानी पाउनेछन् : मन्त्री यादव

सिन्धुपाल्चोक । खानेपानी मन्त्री प्रदिप यादवले शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धिमा सरकारले काम गरिरहेको बताए । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा सा...

चितवनमा ५४ लाख धराैटीमा रविलाई छाड्न अदालतको आदेश

चितवन । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न जिल्ला आदालतले आदेश दिएकाे छ । बिहीबा...

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

अर्जेन्टिना । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्...

चिकित्सा शिक्षा आयोगद्वारा पिजीका लागि सिट निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/८२ (ब्याच २०२५) का लागि स्नातकोत्तर तह (पिजी) का लागि सिट निर्धारण गरेको छ ।  शैक्षिक सत्र २०८१...

पार्टी एकताका लागि राप्रपा देखियाे: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्ताबप्रती राप्रपा अनुदार देखिनुलाई आफुल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy