Ntc summer Offer
Khabar Dabali १० असार २०८२ मंगलवार | 24th June, 2025 Tue
Investment bank

अब कांग्रेसले गठबन्धन गर्दैन: महामन्त्री शर्मा

खबरडबली संवाददाता

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । 

भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए । उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए । 

नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए । कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताए । 

उनले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको बताए । प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा रु पाँच लाख थपिने जानकारी दिइन । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पुर्‍याएको योगदानको चर्चा गरे । 

कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले आफ्नो कुरा स्पष्ट राख्ने निडर जोन्छेजस्तो व्यक्तित्व अहिले पार्टीमा कोही नभएको बताए । कांग्रेसका केन्द्रीय सदस्य एवं भक्तपुरका पूर्वसभापति मदकृष्ण श्रेष्ठले माओवादीको कडा आलोचक भएकै कारण जोन्छेलाई माओवादीले गोली हानेका बताए । 

नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति तिलकप्रसाद कायस्थ, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका महासचिव जगन्नाथ कार्कीलगायतले नेपाली कांग्रेसका लागि जोन्छेले पुर्‍याएको योगदानको चर्चा गरे । कार्यक्रममा मेधा माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई रु १२ हजार र सुवर्णेश्वर आधारभूत विद्यालयका दुई छात्रालाई जनही रु आठ हजार छात्रवृत्ति प्रदान गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिचानका मुद्दामा माओवादी

कोशी प्रदेशमा ‘पहिचान’को मुद्दा पेचिलो बन्दै छ । कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका समूहहरू गोलबन्द हुँदै छन् । पहिचानको आन्दोलनलाई राजनीतिक आन्दोलन...

एक सातामा थपिए डेंगु संक्रमणका ९१ नयाँ बिरामी

काठमाडौं । एक सातायता डेंगु संक्रमणका ९१ नयाँ केस पुष्टि भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को ...

बजेट सच्याउन कोशीमा माओवादीको माग

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्त...

अदालतबाट दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ

गौर । अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दण्ड सजाय पाएका फैसला कार्यान्वयन गर...

धनकुटामा जबर्जस्ती करणी आरोपमा एक पक्राउ

धनकुटा । एक ५० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिका–८ का ५२ वर्षीय खड्गबहादुर राई पक्राउ परेका छन् । असार ८ गते राति ११ बज...

माेरङमा दुर्घटनामा एकको मृत्यु

माेरङ ।  मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार   ट्याक्टरमा   मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक  रङ्गेली नगरपालि...

भोजपुर नगरपालिकाको बजेट ६५ करोड ११ लाख

भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभा...

ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक

ताप्लेजुङ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरका छ...

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

सङ्खुसवासभा । सुक्खा पहिरोका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ: प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending