Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

देशमा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास हुँदैनः अध्यक्ष यादव

खबरडबली संवाददाता

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा रहेका जातीय, क्षेत्रीय तथा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास नहुने बताएका छन् । 

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपश्चात आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले देशमा रहेका सबै प्रकारका विभेद अन्त्यका लागि आफ्नो पार्टी निरन्तर आन्दोलनमा रहने बताए । 

उनले पार्टीको महाधिवेशन राज्यमा सबैको पहुँच, समान व्यवहार तथा अधिकार स्थापित गर्न र मुलुकलाई थप समावेशी बनाउन महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल भएको बताए । “शोषित, पीडित तथा पिछडिएका समुदायको सहयोगमा हाम्रो पार्टी अहिलेसम्म विभिन्न दबाबलाई चिर्न सफल भएको छ ।  यस महाधिवेशनबाट पार्टीलाई थप सशक्त, जागरुक तथा बलियो बनाएको छ । यहाँहरूको साथले हामी थप सफलता हासिल गर्दै जाने विश्वास जागेको छ”, उनको भनाइ थियो । 

जनकपुरमा सम्पन्न एकता महाधिवेशन अत्यन्त सफल भएको उल्लेख गर्दै उनले महाधिवेशन असफल बनाउन केही शक्तिले पार्टी फुटाएको तर त्यसबाट केही फरक नपरेको उनले जिकीर गरे । “यसलाई पार्टी फुट्नुभन्दा पनि केही व्यक्ति चोइटिएर गएको भनेर बुझ्न आवश्यक छ, त्यस्ता व्यक्ति जनताको हितमा कामगर्न नसक्ने र पदको लोभमा जीवन बिताउन बाध्य हुनेछन्”, उनको आरोप थियाे । अध्यक्ष यादवले महाधिवेशनले दिएको जिम्मेवारीअनुसार चाँडै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेसमेत बताए । 

पार्टी महाधिवेशनमा मुलुकका विभिन्न भागबाट तथा भारतलगायत विभिन्न मुलुकबाट पर्यवेक्षक तथा पार्टी नेता एवम् प्रतिनिधिसहित तीन हजारभन्दा बढीको सहभागिता रहेको त्यसअवसरमा जानकारी दिइयो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending