काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली जनताको आशा र भरोसा जगाउने गरी रक्षा मन्त्रालय र मातहतका निकायबाट कार्यसम्पादन भइरहेको बताएका छन् ।
रक्षा मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा भएको सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालय मातहत सञ्चालित आयोजनामध्ये अधिकाशको यस अवधिमा प्रगति सन्तोषजनक रहेको स्पष्ट पार्नुभयो । मन्त्री उप्रेतीले भने, “राष्ट्रिय गौरवलगायतका आयोजनाको हालसम्मको कार्यप्रगतिबाट नेपाली सेनाप्रति जनतामा आशा, विश्वास र भरोसा बढाएको छ ।”
त्यसअवसरमा रक्षामन्त्री उप्रेतीले मन्त्रालयको नेतृत्व लिएयता भएका प्रमुख नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत सुधारका विषयबारे जानकारी गराएका थिए । उनले नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौ–तराई–मधेस दू्रतमार्गको भौतिक प्रगति ३४ दशमलव ८२ प्रतिशत र वित्तीय प्रगति ३६ दशमलव ०७ प्रतिशत पुगेको जानकारी दिए ।
आयोजनाको समष्टिगत कार्ययोजनाअनुरुप १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म दूतमार्गको छ दशमलव पाँच किमीदेखि अन्तिम विन्दु ७० दशमलव ९७७ सम्मको खण्डमा पर्ने १२ वटा निर्माण प्याकेजको खरिद सम्झौता भई कार्यान्वयन चरणमा रहेको जानकारी दिइयो ।
द्रुतमार्ग सडक आयोजनाअन्तर्गत भएका जग्गा अधिग्रहणमा लाग्दै आएको पुँजीगत लाभकर नलाग्ने, सेनाद्वारा निर्माणाधिन विभिन्न सडक करिडोर आयोजनामा कार्यरत सुरक्षाकर्मीको मनोबल बढाउन जोखिम भक्ता उपलब्ध गराउन सम्बन्धीत निकायमा समन्वय गर्ने कार्य भइरहेको जानकारी उनको भनाइ थियो ।
सो अवसरमा रक्षामन्त्रालय मातहतको रु एक अर्ब ७९ करोड २० लाख बेरुजु फछर्यौट भइ उल्लखनीय प्रगति हासिल भएको जानकारी दिइयो । यसअवधिमा सुरक्षा र प्रतिरक्षासम्बन्धी पुस्तक तथा दस्तावेज सङ्कलन र संरक्षण गर्ने उद्देश्यले बाचनालायको सुविधासहितको पुस्तकालय सञ्चालनमा आएको, चीन सरकारबाट नेपाली सेनालाई सहयोगस्वरुप प्राप्त भई हालसम्म प्रयोगविहीन विभिन्न प्रकृतिका ९५ वटा सवारी साधन दर्ता प्रक्रियामा अघि बढाइएको जानकारी दिइयो ।
विगतमा कोभिड–१९ को व्यवस्थापन गर्ने उद्देश्यले सरकारको निर्णयअनुसार विभिन्न सात स्थानमा सेनाद्वारा निर्माण भएका होल्डिङ सेन्टरको आगामी दिनका व्यवस्थापन तथा सञ्चालन सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार गर्ने लगायतका काम भइरहेको पनि बताइएको छ ।
राष्ट्रियसेवा दल सम्बन्धित विधेयकको मस्यौदालगायत सैनिक सेवा नियमावलीमा संशोधन गर्ने मस्यौदा तयार गर्ने, नेपाली सेनामा मानार्थ बढुवा र विशेष बढुवासम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास निर्माण समिति गठन आदेशको म्याद एक वर्ष बढाउनेलगायतका काम यस अवधिमा सम्पन्न भएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।
त्यस अवसरमा रक्षामन्त्रालयका सचिव किरणराज अर्याल र नेपाली सेनाका वलाधिकृत रथी अशोक सिग्देललगायत सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: