खोटाङ । केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका स्थानीयबासी आफ्नो गाउँको सडक आफैँ मर्मत गर्न जुटेका छन् । प्रत्येक टोलमा निर्माण गरिएका सडकमा बाह्रै महिना एम्बुलेन्स तथा यातायातका सवारी साधन सञ्चालन गर्न स्थानीयबासीले प्रत्येक हप्ताको शनिबार श्रमदान अभियान सुरु गरेका हुन् ।
गत चैतको अन्तिम शनिबारदेखि सुरु गरिएको श्रमदान अभियानमा जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयबासी स्वतःस्फूर्तरुपमा सहभागी हुने गरेका छन् । अभियानअन्तर्गत सडक मर्मत, विद्यालय भवन परिसर सरसफाइ तथा मर्मत, वृक्षरोपणलगायतका गतिविधि सञ्चालन हुने गरेको छ ।
श्रमदान अभियानको दशौँ हप्ता सम्पन्न हुँदा करिब चार सय स्थानीयबासी सहभागी भइसकेको श्रमदान अभियानका संयोजक कोशीकुमार राईले जानकारी दिए । “गाउँटोलमा निर्माण गरिएका ग्रामीण सडक वर्षेनी भलबाढीले क्षति गर्छ । सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान/ल्याउन र दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या हुन्छ”, उनले भने, “गाउँको सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन श्रमदान अभियान सञ्चालन गरेका हौँ । वडा कार्यालयको संयोजनमा सुरु गरिएको यो अभियान निरन्तर चलिरहेको छ ।”
श्रमदान अभियानका लागि देश तथा विदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरिरहेका छन् । बाक्सिलामा जन्मिएर अध्ययन तथा रोजगारीका सिलसिलामा विभिन्न ठाउँमा पुगेका स्थानीयबासीले रु एक लाख १२ हजार सहयोग गरेको संयोजक राईले जानकारी दिए ।
सङ्कलित सहयोग रकम श्रमदान अभियानमा सहभागीका लागि खाजा शीर्षकमा खर्च गर्ने गरिएको छ । बाक्सिलास्थित हल्कुममा सञ्चालित शिक्षा जयन्ती आधारभूत विद्यालयको भुइँ ढलानबाट सुरु गरिएको श्रमदान अभियानअन्तर्गत एक सय ३४ मिटर सडक सोलिङ गरिएको छ । दशकते-रातोपानी सडकमा ५७ मिटर, माक्पालीडाँमा ४५ मिटर, हयापूमा २२ मिटर र खर्कुखोलामा १० मिटर सोलिङ गरिएको संयोजक राईले बताए ।
‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने नाराका साथ सुरु गरिएको श्रमदान अभियान आफ्नो कार्यकालभरि जारी राख्ने वडाध्यक्ष खड्गबहादुर तामाङले जानकारी बताए । “वडामा आएको बजेटले सबै काम सम्भव छैन । स्थानीयस्तरमा गर्न सकिने काम आफैँ गरौँ भन्ने उद्देश्यले अभियान सुरु गरेका हौँ”, उनले भने, “अभियानमा सबैले साथ दिएका छन् । यसले सानातिना काम राज्यको लगानी नभए पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: