Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

खोटाङको बाक्सिलामा हरेक शनिबार श्रमदान

खबरडबली संवाददाता

खोटाङ । केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका स्थानीयबासी  आफ्नो गाउँको सडक आफैँ मर्मत गर्न जुटेका छन् । प्रत्येक टोलमा निर्माण गरिएका सडकमा बाह्रै महिना एम्बुलेन्स तथा यातायातका सवारी साधन सञ्चालन गर्न स्थानीयबासीले प्रत्येक हप्ताको शनिबार श्रमदान अभियान सुरु गरेका हुन् । 

गत चैतको अन्तिम शनिबारदेखि सुरु गरिएको श्रमदान अभियानमा जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयबासी स्वतःस्फूर्तरुपमा सहभागी हुने गरेका छन् । अभियानअन्तर्गत सडक मर्मत, विद्यालय भवन परिसर सरसफाइ तथा मर्मत, वृक्षरोपणलगायतका गतिविधि सञ्चालन हुने गरेको छ । 

श्रमदान अभियानको दशौँ हप्ता सम्पन्न हुँदा करिब चार सय स्थानीयबासी सहभागी भइसकेको श्रमदान अभियानका संयोजक कोशीकुमार राईले जानकारी दिए । “गाउँटोलमा निर्माण गरिएका ग्रामीण सडक वर्षेनी भलबाढीले क्षति गर्छ । सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान/ल्याउन र दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या हुन्छ”, उनले भने, “गाउँको सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन श्रमदान अभियान सञ्चालन गरेका हौँ । वडा कार्यालयको संयोजनमा सुरु गरिएको यो अभियान निरन्तर चलिरहेको छ ।”

श्रमदान अभियानका लागि देश तथा विदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरिरहेका छन् । बाक्सिलामा जन्मिएर अध्ययन तथा रोजगारीका सिलसिलामा विभिन्न ठाउँमा पुगेका स्थानीयबासीले रु एक लाख १२ हजार सहयोग गरेको संयोजक राईले जानकारी दिए । 

सङ्कलित सहयोग रकम श्रमदान अभियानमा सहभागीका लागि खाजा शीर्षकमा खर्च गर्ने गरिएको छ । बाक्सिलास्थित हल्कुममा सञ्चालित शिक्षा जयन्ती आधारभूत विद्यालयको भुइँ ढलानबाट सुरु गरिएको श्रमदान अभियानअन्तर्गत एक सय ३४ मिटर सडक सोलिङ गरिएको छ । दशकते-रातोपानी सडकमा ५७ मिटर, माक्पालीडाँमा ४५ मिटर, हयापूमा २२ मिटर र खर्कुखोलामा १० मिटर सोलिङ गरिएको संयोजक राईले बताए । 

‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने नाराका साथ सुरु गरिएको श्रमदान अभियान आफ्नो कार्यकालभरि जारी राख्ने वडाध्यक्ष खड्गबहादुर तामाङले जानकारी बताए । “वडामा आएको बजेटले सबै काम सम्भव छैन । स्थानीयस्तरमा गर्न सकिने काम आफैँ गरौँ भन्ने उद्देश्यले अभियान सुरु गरेका हौँ”, उनले भने, “अभियानमा सबैले साथ दिएका छन् । यसले सानातिना काम राज्यको लगानी नभए पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: