Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रतिनिधिसभाः स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन माग

खबरडबली संवाददाता

काठमाडौं । सांसदहरुले मुलुकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलका क्रममा उनिहरुले गरिब तथा विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य उपचारको सुविधा हुनुपर्नेमा जोड दिएका हुन् । 

सांसद अच्युतप्रसाद मैनालीले स्वास्थ्यसम्बन्धी सेवा प्रवाह प्रभावकारी हुनुपर्नेमा जोड दिए । “स्वास्थ्य बीमाका कार्यक्रम प्रभावकारी हुन सकेका छैनन् धेरै बिरामीलाई कुन अस्पताल जाने भन्नेमा पनि अन्योल रहेको छ । दक्ष जनशक्तिको पनि अभाव छ,” उनले भने, “सरकारी अस्पताललाई प्रभावकारी बनाउन ध्यान दिनुपर्छ, विभिन्न जिल्लाका अस्पतालमा चिकित्सक जान नै नमान्ने प्रचलन छ यस्ता समस्या समाधान हुनुपर्छ । उनले ५८ प्रकारका औषधि निःशुल्क वितरणको पनि माग गरे । साथै मृगौलाका बिरामीलाई सहज हुने स्थानमा डायलासिस सेवा विस्तार गर्नु आवश्यक रहेको उनको भनाइ थियो । 

सांसद मैनालीले सहकारीहरुलाई नियमन गर्नुपर्नेमा पनि जोड दिए । “सहकारीबाट ऋण लिएर तिर्नुपर्दैन भन्दै हिँड्ने व्यक्ति र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ”, उनले भने । सांसद माधव सापकोटाले स्वास्थ्य मन्त्रालयले प्रदेशहरुमा स्वास्थ्य संस्था विकास गर्नुपर्नेमा जोड दिँदै एयर एम्बुलेसको व्यवस्था पनि हुनुपर्ने माग गरे । “सर्वसाधरणहरुले पालो कुर्दा समेत जटिल रोग लागेका बिरामीको पालो आउँदैन, मन्त्री र सांसदले फोन गरेमा मात्रै आइसियू पाउने व्यवस्था छ”, उनले भने, “स्वास्थ्य मन्त्रालयले स्वास्थ्य समस्यालाई गम्भीरतापूर्वक लिनुपर्छ ।”

सांसद गणेश पराजुलीले मुलुकले औद्योगिक क्रान्ति हासिल गर्ने नीति अनुसरण गर्न नसकेको भन्दै औद्योगिकरणमार्फत मुलुकको आर्थिक विकासमा जोड दिन आवश्यता औँल्याए । “आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्छ, नेपालमा बनेको उत्पादनलाई विदेशी बजारमा निर्यात गर्नुपर्छ”, उनले भने, “राज्यका धेरै लगानी भएका उद्योगलाई कसरी चलाउने भन्नेमा ध्यान दिन सके मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने छ ।” नवप्रवर्तनसम्बन्धी नीतिले युवामा उत्साह छाएको भन्दै उनले परिणाममुखी कार्यान्वयनमा जोड दिए । 

सांसद मेटमणी चौधरीले मूल्यवान जडीबुटी प्रवद्र्धन गर्न सके आर्थिक विकासमा टेवा पुग्ने भन्दै खाली रहेको जमिनको सदुपयोग गर्दै जडीबुटी खेती प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । “हिमाली क्षेत्रको पर्यापर्यटन विकास गर्न सकेमा तराईमा कृषि उब्जनी बढाउने गरी नीति बनाउन आवश्यक छ”, उनले भने । 

सांसद रञ्जुकमारी झाले रुग्ण अवस्थामा रहेका उद्योगहरुलाई सञ्चालन गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । “सरकारको जग्गालाई व्यवस्थित गर्नुपर्छ, गुठी समस्या समाधान गर्न जरुरी छ”, उनले भने, “भूसम्बन्धी नीति छिटो ल्याउनुपर्छ ।” मधेस प्रदेश शिक्षा र स्वास्थ्यको हिसाबले पछाडि परेकाले सरकारले गम्भीर रुपमा लिनुपर्ने भन्दै मधेस प्रदेशमा बर्न अस्पताल निर्माण गर्नुपर्नेमा उनको जोड थियो । 

सांसद गोमा लाभ (सापकोटा)ले बन्द उद्योग पुनःसञ्चालनमा ल्याउने गरी आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा सम्बोधन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन । “उपचारको हक कार्यान्वयन हुन सकेको छैन, स्वेदशमा नै उपचार गर्न पाउने गरी नेपालकै स्वस्थ्य संस्थालाई गुणस्तरीय बनाउनुपर्छ”, उनले भनिन्, “स्वास्थ्यकर्मीहरुको दरबन्दी बढाउन आवश्यक छ, सबै सरकारी अस्पतालमा गरिब र आर्थिक अवस्था कमजोर हुनेले निःशुल्क सेवा पाउनुपर्छ ।” प्रत्येक दुर्गम स्थानमा एउटा अस्पताल निर्माण हुनुपर्ने उनको माग रहेको छ । किसानलाई समयमा नै मल तथा बिउ उपलब्ध गराउनुपर्ने उनले जोड थियाे । 

सांसद लालबिर चौधरीले तीन वटै तहका सरकारमा समानुपातिक रुपमा बजेट विनियोजन हुन नसकेको बताए । सांसद चित्रबहादुर केसीले काठमाडौंभन्दा बाहिरको स्वास्थ्य र शिक्षामा सुधारमा जोड दिए । सांसद प्रभु शाहले पहुँचको आधारमा सरकारी अस्पतालमा उपचारको सुविधा समयमा पाउने र निजी अस्पतालमा भने मनोमानी रहेको भन्दै स्वास्थ्य क्षेत्रमा देखिएको समस्या निराकरण गर्नुपर्नेमा जोड दिए । 

सांसद योगेन्द्र मण्डलले निर्यात प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताए । “तीन खम्बे अर्थनीतिमा सहकारीलाई राखिएको छ, तर गल्ती गर्नेलाई कारबाही गरेर सहरकारी दर्ता प्रक्रिया खोल्नुपर्छ,” उनले भने । 

सांसद सञ्जयकुमार गौतम आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राख्न नसकेको बताए । “स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट अपुग छ,” उनले भने । 

सांसद जुलीकुमारी महतो (महासेठ) ले आगामी आर्थिक वर्षका लागि विनियोजन बजेट कार्यान्वयनमा जोड दिइन । “जग्गा व्यवस्थापनको बिषयमा सरकार सक्रिय हुनुपर्छ, गुठी जग्गाको अनाधिकृत प्रयोग रोक्नुपर्छ”, उनले भनिन्, “जग्गाको बेतिथी रोक्न आयोग गठन गरियोस् ।”

सांसद बिमला सुवेदीले पेट्रोलीयम पदार्थको आयातले मुलुकको व्यापारघाटा बढाएको र यसलाई कम गर्न विद्युत् खपत बढाउन आवश्यक रहेको बताइन । “वैदेशिक लगानी आकर्षण गर्न स्वदेशमा कमाएको रकम सजिलै विदेश लेजान मिल्ने व्यवस्था गर्नुपर्छ,” उनले भनिन् । 

सांसद अशोककुमार चौधरीले भूमिसुधारका क्षेत्रमा विनियोजित बजेट कम भएको भन्दै भूमिसुधारको समस्या समाधानका लागि नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सांसद मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । “स्वास्थ्य सेवा प्रभाकारी बनाउन संरचनागत विकास र कर्मचारीको दरबन्दी थप गर्नुपर्छ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: