काठमाडौं । यातायात व्यवसायीले बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको जग्गा छाड्न आनाकानी गरेको छ । व्यवसायीले पूर्ण रुपमा नछोड्दा काम गर्न समस्या भइरहेको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयले जनाएको छ ।
२० जेठमा व्यवसायीहरुले सुमो हटाएपछि संस्थानले घेरबार लगाउने भनेर काम अगाडि बढाएको भए पनि व्यवसायीले अहिले फेरि सुमो पार्क गर्न थालेका छन् । व्यवसायीहरुले पूर्ण रुपमा नछोड्दा समस्या भइरहेको डीन कार्यालयका प्रशासन प्रमुख कृष्णहरि आचार्यले बताए ।
बल्खुस्थित करिब २८९ रोपनी जग्गा त्रिविले चिकित्साशास्त्र अध्ययन संस्थानलाई शिक्षण अस्पतालको विस्तारित विशिष्टीकृत (सुपर स्पेसियालीटी) अस्पताल बनाउन दिएको र करिब तीन रोपनी जग्गा सुमो पार्कमा रुपमा प्रयोग भइरहेको छ । यो जग्गा त्रिविले प्राध्यापक संघलाई कार्यालय सञ्चालन गर्न दिएको थियो ।
संघले मासिक दुई लाख १० हजार रुपैयाँ भाडा लिने गरी भदौ २०७७ मा भाडामा लगाएको थियो । काठमाडौंबाट हेटौंडा लगायतका क्षेत्रमा जाने टाटा सुमो जिप पार्किङ गर्दै आएको यातायात व्यवसायीले त्यहाँ भान्साघर, टिकट काउन्टर, शौचालयलगायतका लागि टहरा बनाएका छन् ।
जग्गालाई लिएर चौतर्फी आलोचना भएपछि त्रिवि कार्यकारी परिषद्ले २९ पुस २०७७ जग्गा फिर्ता लिनुका साथै भाडा सम्झौता रद्द गर्न निर्देशन दिएको थियो । प्राध्यापक संघले पनि सम्झौता रद्द गर्दै ठाउँ खाली गरिदिन सूचना जारी गरे पनि व्यवसायीहरूले ठाउँ खाली गर्न आनाकानी गरेका छन् । व्यवसायीहरू त्यसविरुद्ध अदालत गएपनि जिल्ला र उच्च अदालतले विपक्षमा फैसला गरेकाे थियाे ।
सर्वोच्च गएका व्यवसायीहरुले सुमो पार्कका रुपमा प्रयोग गरिरहेको जग्गा भने छाडेका थिएनन् । पछिल्लो समय सरकारले त्रिविको जग्गा खोजबिनका लागि पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा छानबिन समिति नै बनाएपछि व्यवसायीहरुले सुमो पार्क गर्न छाडेका थिए ।
आईओएमले घेरबार गर्न थाल्यो । तर, ठेकदार कम्पनीले पार्क पूर्ण रुपमा हटिनसकेको भन्दै काम नगर्न समेत चेतावनी दिइरहेको गुनासो गरेको छ । त्रिवि, रजिष्ट्रार कार्यालयले पनि सहयोग माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । प्रहरी वृत्त, कालीमाटीको सहयोगमा बिहीबारदेखि काम गर्ने प्रशासनकाे तयारी रहेकेा छ।
व्यवसायीहरुलाई उनीहरूले बनाएको टहरा भत्काउन समय दिएकाे भएपनि भत्काउनुको सट्टा फेरि काममा अवरोध गर्न थालेकोले प्रहरीको सहयोग लिन खोजेका सामान्य प्रशासन महाशाखा प्रमुख राजुकुमार श्रेष्ठले बताए ।
जग्गा खाली गराउने प्रकृयामा रहेको व्यवसायी मध्येका एक समिर पौडेलले बताए । उनका अनुसार करिब ७ महिनाअघि सर्वोच्चमा हालेको रिट विचाराधीन नै छ, तर सम्झौता अवधि सकिन लागेकाले जग्गा खाली गर्ने जानकारी त्रिविलाई दिएको उनले बताए । बनाएको संरचनाहरू हटाउन समय लाग्ने भएकाले ४५ दिन माग गर्दै निवेदन दिन लागेको उनले बताए ।
सबैलाई सूचित गरेपनि कतिपय सुमो पार्क भइरहेको स्वीकार गरेका उनले त्यसलाई रोक्न ताला लगाउने बताए । आफ्ना सामान झिक्न र त्रिविलाई काम गर्न मिल्ने गरी मात्रै ताला लगाउने उनकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: