पश्चिम नवलपरासी। ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गरेको छन्। भ्रमणका क्रममा मन्त्री घिसिङले यस क्षेत्रको विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्ग सडक खण्डको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।
अवलोकनका क्रममा उनले सरोकारवाला निकाय र निर्माण व्यवसायीहरूलाई निर्देशन दिँदै विकासका कामहरूमा ढिलासुस्ती नगर्न र तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्न सचेत गराए।
मन्त्री घिसिङले कुडिया देखि बेलाटारीसम्म, बेलाटारी देखि कठहवा सडक सञ्जाल र बेलाटारी देखि नारायणचोक सडक सञ्जालको समेत अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।
मन्त्रीको भ्रमण भइरहँदा स्थानीय बासिन्दाले भने मिश्रित प्रतिक्रिया दिएका छन्। विगतमा पनि धेरै पटक अनुगमन र आश्वासन दिइएको भए तापनि आयोजनाहरूको अवस्था नसुध्रिएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्थानीयबासिन्दा अमुल पाण्डेले भन्नुभयो, 'कुलमान घिसिङको कार्यशैलीबाट हामी प्रभावित छौँ। उहाँको यस भ्रमणले विद्युतमा जस्तै अलपत्र परेका सडक र पुलका लागि पनि संघीय सरकारको ध्यान तान्न सकोस् र कामले गति पाओस्।'
पश्चिम नवलपरासी क्षेत्रमा भौतिक पूर्वाधारको अवस्था अझै पनि चुनौतीपूर्ण देखिएको छ। विशेषगरी बर्दघाट-त्रिवेणी सडक, रणनीतिक महत्त्वको यो सडक विस्तार कार्य प्रक्रियागत ढिलासुस्तीका कारण अझै पूर्ण हुन सकेको छैन। हुलाकी राजमार्ग , दक्षिण भेगका जनताका लागि लाइफलाइन मानिने यस राजमार्गको काममा भइरहेको ढिलाइले स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन्। खजुरा खोला पुल, बर्दघाटको खजुरा खोलामा पुल निर्माण सम्पन्न नहुँदा वर्षायाममा आवागमन पूर्ण रूपमा ठप्प हुने गरेको छ। पर्यटकीय सडक, भुताहा-आमबास-संसारकोट-जिमिरेभार सडकको स्तरोन्नति हुन सके यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधिमा बिकाश आउने अपेक्षा गरिएको छ।
उच्च पदस्थ अधिकारी र मन्त्रीहरूको बारम्बारको भ्रमण केवल निरीक्षणमा मात्रै सीमित नभई, बजेट निकासा र निर्माण व्यवसायीलाई जवाफदेही बनाउन ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...



प्रतिकृया लेख्नुहोस्: