पश्चिम नवलपरासी। ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गरेको छन्। भ्रमणका क्रममा मन्त्री घिसिङले यस क्षेत्रको विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्ग सडक खण्डको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।
अवलोकनका क्रममा उनले सरोकारवाला निकाय र निर्माण व्यवसायीहरूलाई निर्देशन दिँदै विकासका कामहरूमा ढिलासुस्ती नगर्न र तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्न सचेत गराए।
मन्त्री घिसिङले कुडिया देखि बेलाटारीसम्म, बेलाटारी देखि कठहवा सडक सञ्जाल र बेलाटारी देखि नारायणचोक सडक सञ्जालको समेत अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।
मन्त्रीको भ्रमण भइरहँदा स्थानीय बासिन्दाले भने मिश्रित प्रतिक्रिया दिएका छन्। विगतमा पनि धेरै पटक अनुगमन र आश्वासन दिइएको भए तापनि आयोजनाहरूको अवस्था नसुध्रिएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्थानीयबासिन्दा अमुल पाण्डेले भन्नुभयो, 'कुलमान घिसिङको कार्यशैलीबाट हामी प्रभावित छौँ। उहाँको यस भ्रमणले विद्युतमा जस्तै अलपत्र परेका सडक र पुलका लागि पनि संघीय सरकारको ध्यान तान्न सकोस् र कामले गति पाओस्।'
पश्चिम नवलपरासी क्षेत्रमा भौतिक पूर्वाधारको अवस्था अझै पनि चुनौतीपूर्ण देखिएको छ। विशेषगरी बर्दघाट-त्रिवेणी सडक, रणनीतिक महत्त्वको यो सडक विस्तार कार्य प्रक्रियागत ढिलासुस्तीका कारण अझै पूर्ण हुन सकेको छैन। हुलाकी राजमार्ग , दक्षिण भेगका जनताका लागि लाइफलाइन मानिने यस राजमार्गको काममा भइरहेको ढिलाइले स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन्। खजुरा खोला पुल, बर्दघाटको खजुरा खोलामा पुल निर्माण सम्पन्न नहुँदा वर्षायाममा आवागमन पूर्ण रूपमा ठप्प हुने गरेको छ। पर्यटकीय सडक, भुताहा-आमबास-संसारकोट-जिमिरेभार सडकको स्तरोन्नति हुन सके यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधिमा बिकाश आउने अपेक्षा गरिएको छ।
उच्च पदस्थ अधिकारी र मन्त्रीहरूको बारम्बारको भ्रमण केवल निरीक्षणमा मात्रै सीमित नभई, बजेट निकासा र निर्माण व्यवसायीलाई जवाफदेही बनाउन ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: