काठमाडौं । आगामी पत्रकार महासंघको निर्वाचनमा श्रमजीवि पत्रकार संघले अध्यक्ष जन्मदेव जैसीलाई महासंघको नेतृत्वका लागि उम्मेदवार बनाउने भएको छ ।
महासंघलाई तत्काल निर्वाचन मिति घोषणाा गर्न दबाब दिँदै अध्यक्ष जैसीलाई महासंघको नेतृत्वका लागि उम्मेदवारी बनाउने र त्यसका लागि देशभरका श्रमजीवी पत्रकारलाई साथ दिन आव्हान गरेको हो ।
मंगलबार संघको कार्यालयमा बसेको बैठकले जैसीसहित अन्य स्थानीय तहका पदमा अरु श्रमजीवी पत्रकार संघको तर्फबाट उम्मेदवार बनाउने निर्णय संघले गरेको छ। विगत लामो समयदेखि आमसञ्चार क्षेत्रमा कार्यरत श्रमजीवी पत्रकारको श्रम अधिकारका लागि पैरवी गर्दै आएका जैसीले हजारौं श्रमजीवीलाई श्रमको मुल्य दिलाइसकेका छन् ।
देशभरका श्रमजीवी पत्रकारले कमजोर बन्दै गएको महासंघको साख बचाउन र थप अधिकारका लागि पैरवी गर्न र महासंघलाई ट्रेड यूनियन संस्थाको रुपमा विकास गर्न जैसीलाई महासंघको नेतृत्वमा पुर्याउनु्पर्ने भन्दै देशभर अभियान चलाईरहेका छन् ।
बौद्धिक श्रमजीवीको उक्त मतको कदर गर्दै संघले जैसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले आम सञ्चार क्षेत्रमा श्रमजीवीले भोग्नुपरेका समस्या, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको चुनौती, लामो समयदेखि बृद्धि नभएको पत्रकारको पारिश्रमिक, विभिन्न मिडिया हाउसमा पारिश्रमिक भुक्तानी नभएकोलगायतका एजेण्डामा पनि ठोस निर्णय गरेको छ ।
सरकारले विगत ६ वर्षदेखि श्रमजीवी–पत्रकारको पारिश्रमिक बृद्धिका लागि संघको नेतृत्वमा पटक–पटक ध्यानाकर्षण र दबाब दिंदा पनि बृद्धि नगरेकोमा गम्भीर चासो व्यक्त गर्दै तत्काल अल्टिमेटमपत्र बुझाउने, अल्टिमेटम अवधिभित्र बृद्धि नगरिएमा चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै आमसञ्चार सम्बन्धी, मिडिया काउन्सिलसम्बन्धी र अन्य सञ्चारसम्बन्धी विचाराधीन ऐन पारित गर्न सरकारले प्रक्रियागत रुपमा ढिलासुस्ती गरेकोमा आपत्ति जनाउँदै तत्काल सरोकारवालासँग छलफल गरी संसदमा पेश गर्न ध्यानाकर्षण गराउने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लघंन राज्यकै महत्वपूर्ण निकायबाट भएकाले त्यसको विरोध गर्दै पत्रकारलाई समाचार लेखेकै आधारमा धम्की दिने, कुटपिट गर्ने कार्य रोक्न र त्यस्ता घटनामा संलग्नलाई छानविन गरी कार्वाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउने भनेको छ ।
विभिन्न मिडिया हाउसमा श्रमजीवी पत्रकारले अझै तलव नपाएको, अवकाशमा जान चाहानेले कानुनअनुसार उपदान र सेवा सुविधा नदिएकोमा त्यसको भत्र्सना गर्दै ती मिडिया हाउसमा ध्यानाकर्षणपत्र बुझाउने, साना तथा स्वरोजगार मिडियाको संरक्षण एवं बिना धितो सहुलियत दरमा न्युनतम पाँच करोडसम्म ऋण उपलब्ध गराउन दबाब दिने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै पत्रकार महासंघको बैधानिकता समाप्त पार्न खोज्ने वर्तमान नेतृत्वको कार्यशैलीप्रति घोर भत्र्सना गर्दै महाधिवेशनले तोकेको मितिमा निर्वाचन गर्न नसकेकोमा क्षमा माग्न अमूर्त हैन, तत्काल निर्वाचनको मिति निर्धारण गर्न, छुटेका सक्रिय पत्रकारलाई नविकरण तथा सदस्यता प्रदान गरेर मतदाता नामावली जेठ मसान्तभित्रै सार्वजनिक गर्न बाध्य पार्न महासंघ नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ ।
अहिलेसम्म विधान विपरीत भएका कार्य खारेज गर्दै विधान विपरित निर्देशक समितिले कुनै कार्य गरेमा त्यसको सांकेतिक विरोध कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: