काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद्मा हुने छलफललाई जनताले नजिकबाट नियाली रहेकाले व्यक्ति, परिवार र दलीय स्वार्थबाट माथि उठेर बहस गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् ।
सङ्घीय संसद् मानव संसाधन विकास महाशाखाद्वारा आज यहाँ आयोजित संसदीय प्रभावकारिता सम्बन्धमा पूर्वसांसद मञ्चसँगको अन्तरक्रियामा उनले सविधानको मर्म र भावनाअनुरुप समानता, समावेशी र विविधतालाई पनि सबैले आत्मसात् गर्नुपर्ने खाँचो औँल्याएकी छिन् ।
उपसभामुख रानाले भनिन्, “पूर्वसांसदका अनुभव, विज्ञता र ज्ञानको विश्वविद्यालय भएकाले उनिहरुको सुझावका आधारमा संसद्लाई जनताको बहसको थलो बनाउनुपर्छ ।” पूर्वसांसद शिवजी यादवले सांसद भनेको व्यक्ति मात्र नभई संस्था भएकाले उसको पहिचान र मर्यादाका लागि अध्ययन र अनुसन्धान गर्ने सचिवालयको खाँचो रहन्छ भनिन ।
पूर्वसांसद विष्णुबहादुर राउतले सबै विधायकको ऊर्जालाई जनता र राष्ट्रको हितमा लगाउन निर्वाचन क्षेत्र, जिल्ला र राष्ट्रका समसामयिक विषय निरन्तर उठाउनुपर्नेमा जोड दिए । पूर्वसासद धना खतिवडाले सांसदलाई उद्योगी तथा व्यापारी जस्तो धनी बन्नेतर्फ नभई जनता र देशप्रतिको दायित्व निर्वाहका लागि कोसिस गर्न सुझाव दिइन ।
विषय विज्ञका रुपमा संविधानसभा सदस्य खिमलाल देवकोटाले स्वार्थ बाझिने, भ्रष्टाचार बढाउने र मुलुकलाई चुनौती खडा गर्नेजस्ता काममा सांसद लाग्न नहुने बताए । उनले भने, “संसद्ले नै सरकार चलाउने र नियन्त्रण गर्ने हो, लोकतान्त्रिक शासन प्रणालीमा सरकारले संसद्लाई खुम्च्याउन सक्दैन । त्यसका लागि संसद् र सांसद प्रभावकारी बन्नुपर्छ ।”
कार्यक्रममा सांसदहरु प्रेम सुवाल, सीता मिजार, शिव नेपाली, नारायणी शर्मा, रोशन कार्की, पूर्वसांसद अजय द्ववेदीलगायतले संसद् सरकारको नियन्त्रणमा रहेको तथा सदनमा उठाइएको विषय सम्बोधन नभएको भनी असन्तुष्टि प्रकट गरे ।
उनिहरुले संसद् र सांसदको मुख्य जिम्मेवारी बजेट स्वीकृति, संसदीय खबरदारी, नीति र विधि निर्माण तथा अनुगमन नियन्त्रण भएपनि अझै पनि मूल विषयमै अलमलमा परेको धारणा राखे ।
सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले जनताका सर्वाेच्च जनप्रतिनिधिमूलक संस्था संसद्लाई प्रभावकारी र जनउत्तरदायी तुल्याउन सांसदमा अध्ययनशिलता र धैर्यताको खाँचो औँल्याए । उनले भने, “जनप्रतिनिधिका रुपमा संसद्मा आएका विधायक मुख्यरुपमा कानुन निर्माणको भूमिकामा रहनुपर्ने भएकाले कसैको पक्ष, विपक्ष नभई निष्पक्ष भएर काम गर्नुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: