Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सवारी दुर्घटना न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः उपप्रधानमन्त्री महासेठ

खबरडबली संवाददाता

काठमाडौं । बर्सेनि बढ्दो सवारी साधन दुर्घटनाका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायको खोजी गर्ने उद्देश्यका साथ राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । 

राष्ट्रियसभाका सदस्य सोनामा गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा) र शेखरकुमार सिंह समर्थक रहनुभएको सो प्रस्तावमाथि छलफल भएको हो । 

छलफलमा सहभागी हुँदै सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सवारी दुर्घटनाका कारण मानव र भौतिक क्षतिको मात्रामा बढोत्तरी भएकाले त्यसलाई नियन्त्रण गर्न सडक सुधार गर्नुपर्ने, ट्राफिक नियम पालनामा कडाइ गर्नुपर्ने, सवारी साधनलाई तन्दुरुस्त राख्नेलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

सांसद पदमबहादुर परियारले सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नागरिकको परिवारमा ठूलो मानसिक आघात हुने, अपाङ्गता हुने क्रममा वृद्धि भएको उल्लेख गरे । सांसद इन्दिरादेवी गौतमले सडक सञ्जालभन्दा बढी सवारीसाधन उपलब्ध भएको र दुर्घटनाका घटनामा बढोत्तरी भएकाले कानुन कार्यान्वयनमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याए । 

सांसद जयन्तीदेवी राईले औसत दैनिक आठ जनाका दरले सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क पेस गर्दै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन नभएको, सवारी परीक्षणमा ध्यान नदिइएको तथा सक्षम चालकको अभावका कारण समस्या जटिल भएको बताइन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुनी, संरचनागत सुधार गर्दै त्यसको व्यावहारिक कार्यान्वयन गर्ने बताए । उनले सडक सुरक्षाका लागि काम गर्ने निकायका रुपमा ‘रोड सेफ्टी काउन्सिल’ले आवश्यक काम गर्ने उल्लेख गरे । 

सडक तथा सवारीसँग जोडिएका हरेक विषयलाई केन्द्रित गरेर आवश्यक कानुनी प्रबन्ध गर्न लागिएको उनले जानकारी दिए । हचुवाका भरमा सडक पूर्वाधार निर्माण गर्ने, सुरक्षाको कुनै पनि उपाय अवलम्बन नगर्ने प्रवृत्ति मौलाएकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भएको बताए । 

सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायलाई जिम्मेवार बनाउने, यात्रुले पनि विशेष चनाखो हुनुपर्ने र क्षमताभन्दा बढी यात्रु नराख्नेतर्फ सबैको सचेत पहल जरुरी रहेको बताए । हाल निर्माण भइरहेको सडकमा सुरक्षाका सबै उपकरण राखिएको तथा सडक सुरक्षालाई विशेष ध्यान दिइएको उनको भनाइ छ । 

निर्माण भएका सडकको मर्मतसम्भार हुन नसक्दा पनि दुर्घटना बढेको, पहाडी क्षेत्रमा घुम्ती बढी भएकाले पनि दुर्घटना बढेको पाइएकाले त्यसलाई सरकारले ध्यान दिने विश्वास दिलाए । दुर्घटना न्यूनीकरणका लागि जनचेतना बढाउने तथा आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्ने प्रक्रियालाई पनि उत्तिकै ध्यान दिइएको उपप्रधानमन्त्री महासेठको भनाइ छ । 

राष्ट्रियसभा र सांसदहरुको सुझावका आधारमा सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक निर्णय गर्ने र चाँडै दुई वटा विधेयक सङ्घीय संसद्मा पेस गर्ने जानकारी दिए । बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभालाई जानकारी गराई टेबल गरे । 

त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन् । सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते मङ्गलबार १.१५ बजे बस्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: