Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सवारी दुर्घटना न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः उपप्रधानमन्त्री महासेठ

खबरडबली संवाददाता

काठमाडौं । बर्सेनि बढ्दो सवारी साधन दुर्घटनाका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायको खोजी गर्ने उद्देश्यका साथ राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । 

राष्ट्रियसभाका सदस्य सोनामा गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा) र शेखरकुमार सिंह समर्थक रहनुभएको सो प्रस्तावमाथि छलफल भएको हो । 

छलफलमा सहभागी हुँदै सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सवारी दुर्घटनाका कारण मानव र भौतिक क्षतिको मात्रामा बढोत्तरी भएकाले त्यसलाई नियन्त्रण गर्न सडक सुधार गर्नुपर्ने, ट्राफिक नियम पालनामा कडाइ गर्नुपर्ने, सवारी साधनलाई तन्दुरुस्त राख्नेलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

सांसद पदमबहादुर परियारले सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नागरिकको परिवारमा ठूलो मानसिक आघात हुने, अपाङ्गता हुने क्रममा वृद्धि भएको उल्लेख गरे । सांसद इन्दिरादेवी गौतमले सडक सञ्जालभन्दा बढी सवारीसाधन उपलब्ध भएको र दुर्घटनाका घटनामा बढोत्तरी भएकाले कानुन कार्यान्वयनमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याए । 

सांसद जयन्तीदेवी राईले औसत दैनिक आठ जनाका दरले सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क पेस गर्दै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन नभएको, सवारी परीक्षणमा ध्यान नदिइएको तथा सक्षम चालकको अभावका कारण समस्या जटिल भएको बताइन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुनी, संरचनागत सुधार गर्दै त्यसको व्यावहारिक कार्यान्वयन गर्ने बताए । उनले सडक सुरक्षाका लागि काम गर्ने निकायका रुपमा ‘रोड सेफ्टी काउन्सिल’ले आवश्यक काम गर्ने उल्लेख गरे । 

सडक तथा सवारीसँग जोडिएका हरेक विषयलाई केन्द्रित गरेर आवश्यक कानुनी प्रबन्ध गर्न लागिएको उनले जानकारी दिए । हचुवाका भरमा सडक पूर्वाधार निर्माण गर्ने, सुरक्षाको कुनै पनि उपाय अवलम्बन नगर्ने प्रवृत्ति मौलाएकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भएको बताए । 

सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायलाई जिम्मेवार बनाउने, यात्रुले पनि विशेष चनाखो हुनुपर्ने र क्षमताभन्दा बढी यात्रु नराख्नेतर्फ सबैको सचेत पहल जरुरी रहेको बताए । हाल निर्माण भइरहेको सडकमा सुरक्षाका सबै उपकरण राखिएको तथा सडक सुरक्षालाई विशेष ध्यान दिइएको उनको भनाइ छ । 

निर्माण भएका सडकको मर्मतसम्भार हुन नसक्दा पनि दुर्घटना बढेको, पहाडी क्षेत्रमा घुम्ती बढी भएकाले पनि दुर्घटना बढेको पाइएकाले त्यसलाई सरकारले ध्यान दिने विश्वास दिलाए । दुर्घटना न्यूनीकरणका लागि जनचेतना बढाउने तथा आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्ने प्रक्रियालाई पनि उत्तिकै ध्यान दिइएको उपप्रधानमन्त्री महासेठको भनाइ छ । 

राष्ट्रियसभा र सांसदहरुको सुझावका आधारमा सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक निर्णय गर्ने र चाँडै दुई वटा विधेयक सङ्घीय संसद्मा पेस गर्ने जानकारी दिए । बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभालाई जानकारी गराई टेबल गरे । 

त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन् । सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते मङ्गलबार १.१५ बजे बस्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending