रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नि: शुल्क विद्युत गरिएको छ । नगरपालिकाले आम नागरिकको विद्युत महसुल बापत २ करोड ७५ लाखभन्दा बढी रुपैया नेपाल विद्युत प्राधिकरण मौलापुर शाखामा बुझाएको हाे ।
कार्यवाहक मेयर अम्बेया खातुनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत वकिल पालसहित जनप्रतिनिधि र बिभिन्न दलका नेता सम्मिलित टोलीले प्राधिकरण प्रमुख दिनेश कुमार यादवलाई नगरवासीको विद्युत महशुल बापत रु २ करोड,७५ लाख २३ हजार ३२७ रुपैया ३० पैसाको चेक हस्तानतरण गरेको हो ।
चेक हस्तान्तरण गर्ने टोलीमा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कुमार यादव, नेकपा एमालेका नेता शिवपुजन यादव, वडा अध्यक्ष राकेश कुमार यादव (पप्पू) प्रमुख प्रशासकीय अधिकृत पाल लगायत रहेका थिए ।
आर्थिक वर्ष २०८०/०८१ मा नगरको प्रत्येक घरको नया पुरानो विद्युत मीटरबाट घरायसी प्रयोजनमा खर्च भएको विद्युत महसुल बापत प्रत्येक परिवारको लागि १० हजार रुपैयाँ बुझाउने निर्णय अनुसार छुट्याईएको ४ करोड रुपैयाबाट उक्त रकम प्राधिकरण हस्तानतरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पालले जानकारी दिएका छन । नगरवासीको निशुल्क विद्युत हुने निर्वाचन अघि आफूले घोषणा गरे अनुसार विद्युत महसुल बुझाईएको फतुवा विजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले दाबी गरेकी छिन् ।
उता घोषणा गरेर पनि नगरपालिकाले समयमा विद्युत महसुल न बुझाउँदा एमालेका नेता शिवपुजन यादवको अगुवाईमा सर्वदलीय संघर्ष समिति गठन गरी मेयर लगायत जनप्रतिनिधि माथि दवाब दिँदै आएको थियो ।
त्यस्तै आम जनता पार्टीका नगर अध्यक्ष एवम मेयर प्रत्याशी विजय यादवको अगुवाईमा पार्टीका नेता कार्यकर्ताहरुले नगरवासीको विद्युत् महसुल बुझाउन नगरपालिकामाथि दवाब दिँदै केही समय अघि मेयर अम्बेया खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई १० बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका थिए ।
फतुवा बिजयपुर नगरपालिकाका कांग्रेस पार्टीका निर्वाचित मेयर गोपाल राय यादव लाल बकैया नदीको टेण्डरको मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर बिशेष अदालतबाट कैद सहितको जरिबाना फैसला पछी गत आर्थिक वर्षदेखि उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: