एजेन्सी । स्पेन, नर्वे र आयरल्यान्डले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार मेड्रिडमा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र मध्यपूर्वका धेरै मुलुकका प्रमुख अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।
मङ्गलबार तीन पश्चिमी युरोपेली मुलुकको कूटनीतकि कदमको इजराइलले आलोचना गरेको थियो । गाजामा यसले भीषण युद्धमा तत्काल थोरै प्रभाव पार्नेछ । तर तीन युरोपेली मुलुकको कदम प्यालेस्टिनीहरूका लागि जित थियो र अन्य पश्चिमी शक्तिहरूलाई यस्तै कदम चाल्न प्रोत्साहित गर्न सक्छ ।
भेटपछि मुस्तफाले भने, “राष्ट्रपति (महमुद) अब्बास, प्यालेस्टिन सरकार र प्यालेस्टिनी जनताका तर्फबाट हामी स्पेनले प्यालेस्टिन राज्यको मान्यता दिएकामा हार्दिक स्वागत गर्दछौँ, यो मान्यताले न्यायपूर्ण र दिगो शान्तिका लागि हाम्रो सङ्घर्षलाई जारी राख्ने हाम्रो सङ्कल्पलाई बलियो बनाउँछ ।”
मुस्तफासँग साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी, इस्लामिक सहयोग सङ्गठनका अध्यक्ष हुसेन इब्राहिम ताहा र टर्कीए तथा जोर्डनका विदेशमन्त्री, गाजाका लागि अरबी तथा इस्लामी मुलकुहरूको विदेशमन्त्री समिति नामक समूहका सदस्यहरू सहभागी थिए । उनिहरूले स्पेनका विदेशमन्त्री जोस म्यानुअल अल्बारेससँग पनि भेट गरे ।
प्यालेस्टिनी राज्यलाई एक सय ४० भन्दा धेरै मुलुकले मान्यता दिन्छन् । यो सङ्ख्या राष्ट्रसङ्घीय सदस्य मुलुकहरूको दुई तिहाईभन्दा धेरै हो ।
स्पेन र आयरल्यान्डसँगै प्यालेस्टिनी राज्यलाई आधिकारिकरूपमा मान्यता दिने मुलुकहरू युरोपेली सङ्घ (इयु) बाट नौ वटा पुगेका छन् । नर्वे इयुको सदस्य नभए पनि उसको विदेश नीति सामान्यतया इयुअनुरूप छ । इयुको सदस्य स्लोभेनियाले बिहीबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने र अन्तिम अनुमोदनका लागि संसद्मा पठाउने निर्णय गर्नेछ ।
“हामी स्पेनलाई सलाम गर्छौं र सही काम गरेकामा नर्वे, आयरल्यान्ड र स्लोभेनियालाई सलाम गर्दछौँ, हामी अन्य युरोपेली साझेदारहरूलाई पनि यस्तै निर्णय गर्न आग्रह गर्दछौँ”, जोर्डनका विदेशमन्त्री अयमान सफादीले भने ।
प्यालेस्टिनी राज्यलाई मान्यता दिने कदमले इयु र इजराइलबीचको सम्बन्ध चिसिएको छ । मेड्रिड र डब्लिनले दक्षिणी गाजा सहर रफाहमा इजराइलको लगातार आक्रमणका लागि इयुमाथि कदम चाल्न जोड दिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: