Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

बजेटमा कमला पुललाई समेट्न माग गर्दै सिरहामा स्थानीय आन्दोलित

खबरडबली संवाददाता

सिरहा । हुलाकी लोकमार्ग  अन्तर्गत १३ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण गर्न आगामी बजेटमा बजेट सुनिश्चितताको माग गर्दै सिरहाका स्थानीय आन्दोलित भएका छन् । 

पुल निर्माण सङ्घर्ष समिति गठन गरी तीन दिनदेखि स्थानीयवासी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । स्थानीयवासीले गत शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । आइतबार विरोधस्वरुप बजार बन्द गराए । आज सिरहा सदरमुकाममा बिहान ८ देखि ११ बजेसम्म चक्काजाम र त्यसपछि सम्पूर्ण सरकारी कार्यालय बन्दको कार्यक्रम गरेको सङ्घर्ष समितिका संयोजक रवीन्द्रकुमार साहले जानकारी दिए । 

सङ्घर्ष समितिले गत शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको थियो । आव २०८१/८२ को नीति तथा कार्यक्रममा कमला पुल प्राथमिकतामा नपरेकाले जेठ १५ मा सार्वजनिक हुने बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गरी बजेट विनियोजन गर्न दबाबस्वरुप आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक साहले बताए । 

“वर्षौँदेखि पुल नबन्दा यहाँका जनताको दुःख र पीडा असह्य भएको छ । हामीले सास्ती खेप्न नसकेर पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुन्दैन,” साहले भने, “प्रधानमन्त्रीको पूर्व प्रतिबद्धता अनुसार यसपालि बजेटमा कमला पुल निर्माणको सुनिश्चितता हुनुपर्छ । नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ ।”

पुल निर्माण गर्न निर्माण कम्पनीले विभिन्न बहाना बनाइ एक वर्षदेखि ढिलासुस्ती गर्दै आएको तथा निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले समयमै पुल बन्ने अवस्था नरहेको उनले जानकारी दिए । 

सम्झौता भएको १२ वर्षपछि निर्माण भएको कमला पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि  दुई ठाउँमा भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच २०८१ असार मसान्तसम्म पुलको पुनःनिर्माण गर्ने सम्झौता भएको थियो । 

निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले सम्झौता अनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको बताए । बीमा कम्पनीबाट पाउनुपर्ने रु पाँच करोड बराबरको रकम नपाएको र हाल यस विषयको विवाद काठमाडाैं जिल्ला अदालतमा  विचाराधीन भएकाले आर्थिक सङ्कटमा परेको उनले जानकारी दिए । 

पुल निर्माण सुरु भएयता १३ वर्ष बीचमा उच्चस्तरको सरकारी अनुगमन तथा निरीक्षण पटक पटक भएपनि स्रोत अभावका कारण निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन । मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको आयोजनाअन्तर्गत विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरि कमला पुलको ठेक्का लागेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending