एजेन्सी । इजरायलले गाजाको दक्षिणी शहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम र बन्धक मुक्त गर्नेसम्बन्धी वार्तामा बाधा पुर्याउन सक्ने मध्यस्थ राष्ट्र कतारले सोमबार जनाएको छ ।
कतारको विदेश मन्त्रालयले ‘शिविरमा भएको हवाइ आक्रमणले जारी मध्यस्थता प्रयासलाई जटिल बनाउने र तत्काल र स्थायी युद्धविरामका लागि सम्झौतामा पुग्न बाधा पुग्ने’ भन्दै चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच युद्धबाट तहसनहस बनेको गाजामा युद्धविराम सम्झौता गर्ने उद्देश्यले महिनौंदेखि वार्ता गरिरहेको छ ।
तर यसै महिनाको सुरुमा इजरायलले राफाहमा स्थल सेना पठाएपछि वार्ता प्रयासमा गतिरोध पुगेको थियो ।
संयुक्त राज्य अमेरिकाको सहमतिमा सन् २०१२ देखि हमासको राजनीतिक नेतृत्वलाई आश्रयस्थल दिँदै आएको कतारले इजरायली बमबारीलाई ‘अन्तर्राष्ट्रिय कानूनको खतरनाक उल्लङ्घन’ भन्दै निन्दा गरेको छ ।
विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई ‘रफाह शहरबाट प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने आफ्नो योजना कार्यान्वयन गर्न रोक्न तत्काल कदम चाल्न आह्वान गरेको छ । गाजा लाखौं मानिसहरूको लागि अन्तिम आश्रय स्थल बनेको छ ।”
कुवेतको विदेश मन्त्रालयले पनि राफाह नजिकै विस्थापित प्यालेस्टिनीहरूको शिविरमा इजरायली आक्रमणको निन्दा गर्दै यसले इजरायलको ‘स्पष्ट युद्ध अपराध र अभूतपूर्व नरसंहारलाई सम्पूर्ण विश्वमा उजागर गरेको’ बताएको छ । खाडी मुलुक कुबेतले ‘अन्तर्राष्ट्रिय समुदायको तत्काल र दृढ हस्तक्षेप’ को लागि आह्वान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: