Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

चीन, जापान र दक्षिण कोरियाबीच सहकार्य बढाउने प्रतिबद्धता

खबरडबली संवाददाता

एजेन्सी । दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबीच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल, चीनका प्रधानमन्त्री ली कियाङ र जापानका प्रधानमन्त्री फुमियो किशिदाले करिब पाँच वर्षपछि पहिलो पटक त्रिपक्षीय वार्ताका लागि सियोलमा भेला भएका हुन् । 

वार्ताको एजेन्डामा उत्तर कोरिया आधिकारिक रुपमा नभए पनि किशिदाले बैठकपछि भने, “तीनै देशले आणविक निःशस्त्रीकरण आफ्नो साझा हितमा हुने पुष्टि गरेका छन् ।” वार्ता हुनुभन्दा केही घण्टाअघि उत्तर कोरियाले अर्को जासुसी उपग्रह अन्तरिक्षमा पठाउने योजना बनाएको घोषणा गरेको थियो । यसले ब्यालेस्टिक प्रविधिको प्रयोग गरेर परीक्षण गर्नबाट रोक्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्नेछ । 

युन र किशिदाले प्योङयाङलाई यो प्रक्षेपण रद्द गर्न आग्रह गरेका थिए । दक्षिण कोरियाली नेताले यसले क्षेत्रीय र विश्वव्यापी शान्ति र स्थिरतालाई कमजोर पार्ने बताएका थिए । उनले यदि किमले आफ्नो चौथो प्रक्षेपण अघि बढाएमा ‘निर्णायक’ अन्तर्राष्ट्रिय प्रतिक्रियाका लागि आह्वान गरेका थिए । सियोलले युक्रेनमा प्रयोगका लागि हतियार पठाउने बदलामा रूसी सहयोग आउने दाबी गरेको छ । 

“कोरियाली प्रायद्वीपमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण र स्थिरता हाम्रा तीन देशको साझा हितमा छ भन्ने कुरा हामीले फेरि एकपटक पुष्टि गरेका छौं,” किशिदाले बैठकपछि भने । विश्लेषकहरूले अन्तरिक्ष प्रक्षेपण क्षमता र ब्यालेस्टिक क्षेप्यास्त्रको विकासबीच महत्वपूर्ण प्राविधिक ओभरल्याप रहेको बताए । 

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख कूटनीतिक सहयोगी हो र उसले लामो समयदेखि प्योङयाङको हतियार परीक्षणको निन्दा गर्दै आएको छ । चिनियाँ प्रधानमन्त्री लीले आफ्नो उद्घाटन मन्तव्यमा तीनै देश ‘पारस्परिक लाभका लागि सहयोग गर्न इच्छुक रहेको’ बताए । 

“लीले आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिक खेल वा सुरक्षा मामिलामा बदल्न, संरक्षणवादलाई अस्वीकार गर्न र आपूर्ति शृङ्खलालाई विच्छेद गर्न आह्वान गरेकाे बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

तीन देशले व्यापार र लगानीका लागि पारदर्शी र पूर्वानुमानयोग्य वातावरण सिर्जना गर्ने र सुरक्षित आपूर्ति शृङ्खला स्थापना गर्ने निर्णय गरेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: