एजेन्सी । दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबीच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल, चीनका प्रधानमन्त्री ली कियाङ र जापानका प्रधानमन्त्री फुमियो किशिदाले करिब पाँच वर्षपछि पहिलो पटक त्रिपक्षीय वार्ताका लागि सियोलमा भेला भएका हुन् ।
वार्ताको एजेन्डामा उत्तर कोरिया आधिकारिक रुपमा नभए पनि किशिदाले बैठकपछि भने, “तीनै देशले आणविक निःशस्त्रीकरण आफ्नो साझा हितमा हुने पुष्टि गरेका छन् ।” वार्ता हुनुभन्दा केही घण्टाअघि उत्तर कोरियाले अर्को जासुसी उपग्रह अन्तरिक्षमा पठाउने योजना बनाएको घोषणा गरेको थियो । यसले ब्यालेस्टिक प्रविधिको प्रयोग गरेर परीक्षण गर्नबाट रोक्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्नेछ ।
युन र किशिदाले प्योङयाङलाई यो प्रक्षेपण रद्द गर्न आग्रह गरेका थिए । दक्षिण कोरियाली नेताले यसले क्षेत्रीय र विश्वव्यापी शान्ति र स्थिरतालाई कमजोर पार्ने बताएका थिए । उनले यदि किमले आफ्नो चौथो प्रक्षेपण अघि बढाएमा ‘निर्णायक’ अन्तर्राष्ट्रिय प्रतिक्रियाका लागि आह्वान गरेका थिए । सियोलले युक्रेनमा प्रयोगका लागि हतियार पठाउने बदलामा रूसी सहयोग आउने दाबी गरेको छ ।
“कोरियाली प्रायद्वीपमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण र स्थिरता हाम्रा तीन देशको साझा हितमा छ भन्ने कुरा हामीले फेरि एकपटक पुष्टि गरेका छौं,” किशिदाले बैठकपछि भने । विश्लेषकहरूले अन्तरिक्ष प्रक्षेपण क्षमता र ब्यालेस्टिक क्षेप्यास्त्रको विकासबीच महत्वपूर्ण प्राविधिक ओभरल्याप रहेको बताए ।
चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख कूटनीतिक सहयोगी हो र उसले लामो समयदेखि प्योङयाङको हतियार परीक्षणको निन्दा गर्दै आएको छ । चिनियाँ प्रधानमन्त्री लीले आफ्नो उद्घाटन मन्तव्यमा तीनै देश ‘पारस्परिक लाभका लागि सहयोग गर्न इच्छुक रहेको’ बताए ।
“लीले आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिक खेल वा सुरक्षा मामिलामा बदल्न, संरक्षणवादलाई अस्वीकार गर्न र आपूर्ति शृङ्खलालाई विच्छेद गर्न आह्वान गरेकाे बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
तीन देशले व्यापार र लगानीका लागि पारदर्शी र पूर्वानुमानयोग्य वातावरण सिर्जना गर्ने र सुरक्षित आपूर्ति शृङ्खला स्थापना गर्ने निर्णय गरेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: