एजेन्सी । माल्दिभ्सले हिन्द महासागरको तल्लो भागमा रहेको द्वीपसमूहलाई सबैभन्दा उदार सहयोगका उपायहरूबाट अनुचित रूपमा बहिष्कृत गरिएको भन्दै समुद्रको बढ्दो सतहसँग जुध्न अन्तर्राष्ट्रिय कोषको माग गरेको छ ।
“माल्दिभ्स विश्वव्यापी उत्सर्जनको ०.००३ प्रतिशत हिस्साका लागि मात्र जिम्मेवार छ, तर जलवायु सङ्कटको अस्तित्वको परिणाम भोग्ने सिमित देशमध्ये एक हो,” राष्ट्रपति मोहम्मद मुइज्जुले बेलायतको गार्जियन पत्रिकामा प्रकाशित लेखमा उल्लेख गरे । “हाम्रो जस्तो समुदायप्रति धनी राष्ट्रहरूको नैतिक जिम्मेवारी छ,” उनले भने ।
उनले साना टापु तथा विकासोन्मुख राष्ट्र (सिड्स) को एक दशकको एक पटक हुने सम्मेलनको पूर्वसन्ध्यामा यस्तो टिप्पणी गरेका हुन् । ती राष्ट्रहरूमध्ये केही अत्यधिक विलासी पर्यटन गन्तव्यका रूपमा चिनिन्छन् तर समुद्रको बढ्दो सतहका कारण खतरामा परेका छन् । सिड्सले अति कम विकसित मुलुकले प्राप्त गर्ने रकमको करिब १४ प्रतिशत मात्र प्राप्त गर्ने गरेको उनले बताए ।
आईएमएफका अनुसार माल्दिभ्सको प्रतिव्यक्ति आय चिली, मेक्सिको, मलेसिया वा चीनको तुलनामा उच्च छ, तर मुइज्जुले कुल गार्हस्थ्य उत्पादनलाई मापकका रूपमा उल्लेख गरे । उनले भनेका छन्, “माल्दिभ्सको स्वस्थ पर्यटन उद्योगका कारण हामी एक उदीयमान अर्थव्यवस्थाको रूपमा स्थापित मानिन्छौँ र यसैले सबैभन्दा कम आय भएका देशहरूको लागि छुट्याइएको सस्तो वित्तपोषणबाट टाढा छौं ।”
मुइज्जुले आफ्नो देशलाई जलवायु परिवर्तनको प्रभाव कम गर्न करिब ५० करोड अमेरिकी डलर आवश्यक रहेको र पर्यटनमा निर्भर अर्थतन्त्र रहेको माल्दिभ्सले आफैंले रकम जुटाउन नसकेको बताए । माल्दिभ्सका तत्कालीन राष्ट्रपति मौमून अब्दुल गयूमले समुद्रको सतह एक मिटर (३.३ फिट) ले वृद्धि भएमा एक हजार १९२ वटा स–साना कोरल टापुहरू डुब्ने बताएको पाँच वर्षपछि सन् १९९४ मा सिड्सको पहिलो बैठक भएको थियो ।
गयूमले सफलतापूर्वक समुद्री सतहबाट दुई मिटर माथि र आफ्नो भीडभाड भएको राजधानी मालेको दुई गुणा ठूलो कृत्रिम टापु निर्माणको काम सुरु गरेका थिए । गत सेप्टेम्बरमा निर्वाचित मुइज्जुले बढ्दो सामुद्रिक सतहसँग जुध्नका लागि ३० हजार आवासीय भवनहरू भएको ‘रस माले’ परियोजनासहितको ठूलो मानव निर्मित टापुको योजना सार्वजनिक गरे ।
तर यो परियोजना पूर्वाधारको कामको रूपमा वर्गीकृत गरिएकाले जलवायु वित्तपोषणको लागि योग्य नमानिएको उनले दुखेसो पोखे । मुइज्जुलाई बेइजिङ समर्थकका रूपमा हेरिएको छ र सरकारी अधिकारीहरूका अनुसार उनले सुरू गरेका अधिकांश निर्माण कार्य चिनियाँ फर्महरूले गर्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: