Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

इटालीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीको कोष पुनर्स्थापित गर्ने

खबरडबली संवाददाता

एजेन्सी । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शनिबार प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफासँगको भेटपछि रोमले प्यालेस्टिनी शरणार्थीहरूको सहयोगका लागि संयुक्त राष्ट्र एजेन्सीको कोष पुनर्स्थापित गर्ने घोषणा गरेका छन् । 

“इटालीले आतङ्कवादलाई कडा नियन्त्रणमा राख्नुपर्ने शर्तका साथ प्यालेस्टिनी शरणार्थीको सहयोगार्थ विशेष परियोजनाहरूको वित्तपोषण पुनःसुचारु गर्ने निर्णय गरेको छ । 

ताजानीले प्रधानमन्त्री मुस्तफालाई इटाली सरकारले प्यालेस्टिनी जनसङ्ख्याका लागि कुल पैतिस मिलियन यूरोको नयाँ कोष व्यवस्था गरेको जानकारी दिए । “तीमध्ये पाँच मिलियन यूरो युएनआरडब्लुएलाई छुट्याइनेछ भने बाँकी तीस मिलियन यूरो संयुक्त राष्ट्र सहायता एजेन्सीसँग समन्वय गरेर इटालीको “गाजाका लागि खाना” परियोजनाका लागि छुट्याइएको छ”, उनले एक विज्ञप्तिमार्फत भने । 

संयुक्त राष्ट्र सङ्घको एजेन्सी युएनआरडब्लुएले लगभग सबै गाजा सहायताको समन्वय गर्दछ । इजरायलले आफ्ना तेह्र हजार गाजा कर्मचारीमध्ये करिब एक दर्जनलाई हमास आक्रमणमा संलग्न भएको आरोप लगाएपछि युएनआरडब्लुए जनवरीदेखि नै संकटमा परेको हो । 

इजरायलले शीर्ष दाता संयुक्त राज्य अमेरिकासहित गाजामा सहायता पुर्याउने धेरै राष्ट्रको प्रयासलाई रोक्ने धम्की दियो र युएनआरडब्लुए कोष अचानक निलम्बन गर्न बाध्य तुल्यायो । यद्यपि धेरैले सहायता पुनःसुरु गरेका छन् । 

सन् १९४९ मा स्थापना भएको एजेन्सीले प्यालेस्टिनी क्षेत्र, जोर्डन, लेबनान र सिरियामा करिब तीस हजार मानिसलाई रोजगारी दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending