काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गरेको छ । बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने बताएको हो । जाभीले बार्सिलोनाका लागि अन्तिम खेल आइतबार हुने ला लिगाको सेभियाविरुद्धको अन्तिम खेल हुने भएको छ ।
यस अघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए । यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छोड्ने निर्णय सुनाएका थिए ।
तर केहि साता अघि मात्र प्रेसिडेन्ट जोन लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरुसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए । त्यसपछि जाभीको बार्सिलोनाका कैयौं खेलाडीसँग असमझदारी बढेपछि व्यवस्थापनले उनलाई बर्खास्त गरेको बताइएको छ ।
२०२१ को नोभेम्बर ६ मा बार्सिलोनाको प्रशिक्षक बनेका जाभीको नेतृत्वमा बार्सिलोनाले १४१ खेल खेलेको छ भने ८८ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको छ । त्यस्तै २९ खेलमा हार बेहोरेको छ । उनको नेतृत्वमा बार्सिलोनाले २०२२-२३ को ला लिगा जितेको थियो भने २०२२-२३ को स्पेनिस सुपर कोपा जितेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: