एजेन्सी । सन् २०२२ को अप्रिलदेखि सन् २०२३ सम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका एकसयभन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको न्युजिल्याण्डको तथ्याङ्क विभाग (स्टाट एनजेड) को तथ्याङ्कले देखाएको छ ।
न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको स्टाट्स एनजेडका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनल बताए । न्युजिल्याण्डको पाउडर दूध निर्यातका लागि चीन प्रमुख गन्तव्यको रूपमा रहेको छ । यहाँबाट चीनतर्फ हुने पाउडर दूध निर्यातमा पछिल्लो समय गिरावट आएको भएपनि परिमाणको आधारमा अझै पनि दूधको निर्यात चीनमा नै धेरै रहेको पाइएको छ ।
सन् २००८ को तुलनामा अप्रिलमा सकिएको न्यजिल्याण्डको आर्थिक बर्षको अन्त्यसम्मको एक बर्षको अवधिमा चीन पठाइएको पाउडर दूधको निर्यात मूल्यमा ९८७ प्रतिशत वृद्धि भएको थियो भने सोही अवधिमा मूल्यको परिमाणमा एक हजार चार प्रतिशतले वृद्धि भएको स्टाट एनजेडले उल्लेख गरेको छ ।
अप्रिलमा अन्त्य भएको न्युजिल्याण्डको पछिल्लो आर्थिक वर्षभरी ३० प्रतिशत पाउडर दूध चीन पठाइएको विभागका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनले बताए । सन् २००८ मा चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि चीनमा निर्यात बढेको एलेनले बताए ।
गत आर्थिक बर्षमा पाउडर दूध निर्यातको मूल्य ९.७ अर्ब न्युजिल्याण्ड डलर (५.९१ अर्ब अमेरिकी डलर) रहेको थियो । यो न्यूजिल्याण्डको निर्यातको कुल मूल्यको १४ प्रतिशत हो । पाउडर दूध न्युजिल्याण्डबाट सबैभन्दा ठूलो मात्रामा विदेश निर्यात हुने वस्तु रहेको स्टाट्स एनजेडको तथ्याङ्कले पुष्टि गरेको छ ।
अप्रिलसम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डको वार्षिक पाउडर दूध निर्यात औसतमा प्रति वर्ष १.८ किलोग्रामले वृद्धि भएको छ भने मूल्य १०९ प्रतिशत बढेको छ । त्यस्तै निर्यात दूधको मात्रामा ११२ प्रतिशतले वृद्धि भएको छ ।
स्टाट एनजेडको तथ्याङ्क अनुसार सन् २०२३ को अप्रिलसम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको थियो । न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको एलेनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...
पौष ४ गते, २०८२ - १८:०१
सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
पौष ४ गते, २०८२ - १७:५७
विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानि...
पौष ४ गते, २०८२ - १७:५४
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उ...
पौष ४ गते, २०८२ - १७:५१
सिड्नी । हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा सा...
पौष ४ गते, २०८२ - १७:४९
वासिङ्टन । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर ...
पौष ४ गते, २०८२ - १७:४७
कोलम्बो । सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्व ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्...




प्रतिकृया लेख्नुहोस्: