Ntc summer Offer
Khabar Dabali २५ असार २०८२ बुधबार | 9th July, 2025 Wed
Investment bank

‘विकास निर्माण’ का योजनासँगै ‘विकास व्यवस्थापन’ गर्न वडाबासीको माग

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ११ स्थानीयवासीले ‘विकास निर्माण’ का योजना बनाउँदा बनाउँदै यसको (विकास व्यवस्थापन) योजना पनि बनाउनु पर्ने सुझाव दिएका छन् । चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी आर्थिक बर्षको योजना तर्जुका लागि आज आयोजना गरिएको कार्यक्रममा धारणा राख्ने वडावासीले निर्माणसँगै व्यवस्थापनको सुझाव दिएका हुन् । 

कार्यक्रममा उनीहरुले विकास तथा सेवा प्रवाहमा गरिएको अनुगमनको समीक्षा गर्नुपर्ने, वर्षौँदेखि प्रचलनमा आएका तर नक्सामा नभएका सडकहरुलाई नक्सामा उतार्नु पर्ने, खुला तथा सार्वजनिक ठाउँहरुको सुरक्षा गर्नु पर्ने, नदी किनाराका पार्कहरुमा व्यायामका लागि साधन तथा उपकरण जडान गरिदिनुपर्ने, मन्दिरहरुको नियमित सफाइ गर्नुपर्ने, छात्रवृत्ति दिन नसकिएका विद्यार्थीहरुलाई सहुलियत शिक्षा ऋण उपलब्ध गराउनु पर्ने, टुकुचा खोलालाई सुधार गरेर हिँड्न मिल्ने बनाउनु पर्ने, त्रिपुरेश्वर चोकलाई सुधार गरेर आकर्षक पानीको फोहोरासहितको स्थान बनाउनु पर्ने सुझाव प्राप्त भएका छन् ।  

यस्तै सिपमूलक तालिम लिएकाहरु के गर्दैछन् ? यसका लागि गरिएको लगानीको प्रतिफल प्राप्त भयो कि भएन, अनुगमन गर्नुपर्ने, सडक, किनारा र पार्कको सुन्दरता बढाउनु पर्ने, चित्र र मूर्तिकलाले सजावट गर्नुपर्ने, सुझाव आएका छन् । 

लक्षित वर्ग वर्गीकरण गरेर कुन कार्यक्रम कसका लागि हो, स्पष्ट पार्नु पर्ने, बालबालिकालाई चेस, वुद्धिचालजस्ता बौद्धिक खेलमा आकर्षित गराउनु पर्ने, एकल महिलाहरुका लागि कार्यक्रम तर्जुमा गर्नुपर्ने, पैदल मार्गको चौडाइ बढाउनु पर्ने उनीहरुको माग छ । 

विश्व निकेतन विद्यालयमा सभा कक्ष निर्माण गर्नु पर्ने, विद्यालयसँगै नदी किनारमा रहेको जग्गामा खेल मैदान बनाउनु पर्ने, सुन्धारामा प्राचीन प्रवेश द्वार निर्माण गर्नुपर्ने, थापाथली क्षेत्रका बाँदरले मानिसलाई झम्टिने, सामान लुट्ने गरेका छन् । यी बाँदरलाई व्यवस्थापन गर्नु पर्ने, सामुदायिक कुकुरले दुःख दिए, व्यवस्थापन गर्नुपर्छ । 

वडामा भएका पार्क, सम्पदा मार्ग, मठ मन्दिरको संरक्षण र प्रवर्धन, जात्रापर्व सञ्चालन व्यवस्थापनमा लगानी वडावासीले अपेक्षा गरेका छन् । कार्यक्रममा सबैका कुरा सुनिसकेपछि बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘सबैले दिनुभएका सुझावलाई टिपोट गरेका छौँ । कार्यक्रममा आउन नसकेको नागरिकहरुले समेत दैनिक जीवनमा भोगेका समस्या समाधान गर्ने कार्यक्रम बनाउनेछौँ ।’

‘वडालाई ४ भागमा बाँडेर वडा सदस्यहरुलाई हरेक १ क्षेत्रको जिम्मेवारी दिएर जनताका समस्या सुन्ने र समाधान गरिदिने जिम्मेवारी तोकेका छौँ ।’ कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले भने, ‘वडाको विकासका लागि महानगरपालिकाबाट प्राप्त भएको सबै रकम खर्च गर्न सकिएको छैन । महानगरसँगै संघ र प्रदेश सरकारबाट प्राप्त रकमबाट पनि काम गर्नु पर्नेछ । गुठी संस्थान र पुरातत्व विभागका कारण कतिपय योजना कार्यान्वयनमा जान सकेका छैनन् । उनीहरु आफूले पनि काम गरेका छैनन् । हामीलाई पनि गर्न दिँदैनन् ।’

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, तहगत सरकारबिच समन्वय नहुँदा कति ठाउँमा योजना दोहोरिएको बताए । यसमा अन्तरसम्बन्ध विकास गर्नुपर्छ । महानगरपालिकाको प्रशासन विभागका प्रमुख दीपक अधिकारीले, सहर सफा राख्नु, निर्माण गर्न र व्यवस्थापन गर्न नीति, योजना र कार्यक्रम तर्जुमा गरिएको, कार्यान्वयनका लागि अपुग जनशक्ति श्रम वैङ्कबाट लिएर काम लगाइएको बताए । यस्तै कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, नागरिकको सेवा वितरण र सहजताका लागि महानगरपालिकाले १५० वटाभन्दा धेरै कानुन निर्माण गरिसकेको जानकारी दिए । चालु आर्थिक बर्षबाट घर, समाज र टोलका विवाद मिलाउन न्याय संवादअन्तर्गत न्याय चौतारी कार्यक्रम कार्यान्वयनमा आएको उनको भनाइ थियो ।

वडा सचिव धर्मराज भट्टराईका अनुसार ढल निर्माण, पुननिर्माण, मर्मत र सरसफाइ, मठमन्दिरको मर्मत, सडक सुधार तथा व्यवस्थापन, सडक बत्तीका काम वडाले सम्पादन गरेका मुख्य काम हुन् । यस्तै सुत्केरी पार्क जस्ता ठूला योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ । आगामी बर्षको योजनामा समेट्नु पर्ने योजनाका सन्दर्भमा वडाबासीसँग लिखित योजना समेत माग गरिएको छ । 

त्रिपुरेश्वर, थापाथली, ववरमहल, माइतीघर मण्डला, सुन्धारा, भोटेबहाल, टेकु वडा नं. ११ का नाम चलेका ठाउँ हुन् । यस्तै दशरथ रंगशाला, नेपाली सेनाको मुख्यालय, सिंहदरबारजस्ता ठूला संरचना यसै वडामा पर्छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिकित्सककाे आन्दोलनले बिरामीलाई सास्ती

चितवन । चिकित्सकले उठाएका माग समयमा सम्बोधन हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव बिरामीमा परेको छ । नेपाल चिकित्सक सङ्घको अगुवाइमा देशभरका चिकित्सक, स्वास...

२५ किलो गाँजासहित मोरङमा भारतीय नागरिक पक्राउ

विराटनगर । प्रहरीले मोरङ धनपालथान गाउँपालिकाबाट गाँजासहित भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया पहुँसी ग्राम पञ्चायत-२ का २२ वर्षी...

प्रधानमन्त्री ओलीले गरे बाढी प्रभावित क्षेत्रकाे अवलाेकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।  बाढीबाट भएको...

रसुवा बाढीकाे क्षतिको विववरण सार्वजनिक

२३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगे

म्याग्दीका पर्यटकीय स्थल सुनसान

म्याग्दी। वर्षा सुरु भएसँगै यहाँका पर्यटकीय स्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र ...

वीरगञ्जमा खानेपानीको हाहाकार

पर्सा । वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल ...

डेढ दशकको अन्तरालमा हराउँदै रैथाने धान

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांश खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पा...

छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताएका छन् । सर्वोच्च अदालतमा आज आयोजित...

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत नौ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । ...

सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending