Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

व्यासमा आगलागी पीडितलाई सहयोगका लागि आग्रह

खबरडबली संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी बादल आले मगर मस्त निन्द्रामा थिए । आज बिहान १ः२० बजे मोबाइल बज्यो, मध्यरातमा फोन आएपछि केही भयो की भनेर उठाउँदै गर्दा दमौलीका मोहम्मद अजिजले भने, “दाई पसलमा आगलागी भयो । छिट्टै आउनुपर्‍यो ।”

व्यास नगरपालिका–३ मुख्यचोकमा रहेको पसलमा पुग्दा दनदनी जलिरहेको थियो । त्यो दृश्य हेर्नुबाहेक अर्को उपाय रहेन । उनले आँखै अगाडि पसलका सबै सामान जलेर खरानी भएका हेर्नुपर्‍यो । 

आज बिहान १२ः४० देखि सुरु भएको आगलागीले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको सो पसलसँगै २० भन्दा बढी पसल जले । त्यहाँ आइसक्रिम, मोबाइल, फलफूललगायतका पसल रहेका थिए । 

कोरोना र आर्थिक सङ्कटपछि बल्ल तङ्ग्रिदै गरेको व्यवसाय आगोले खरानी भएपछि आलेको वर्षौदेखिको लगानीसमेत जलेको छ । उनले भने, “कोरोना कहर र आर्थिक सङ्कटले व्यवसायी मारमा थियौँ, त्यसबाट उठ्न खोजिरहेका बेला फेरि  प्रकृतिले ठग्यो । पसलमा रहेका करिब रु एक करोडका र अन्य सामग्री जलेर सबै खरानी भए । बाँकी केही रहेन ।”

व्यवसाय गरेरै घरपरिवार चलाउँदै आएको बताउँदै आलेले उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग आग्रह गरे । उनले भने, “व्यवसाय नै मुख्य पेशा हो । यही पेशाबाट घरपरिवार चलेको थियो । त्यही खरानी भएपछि अब के गरेर खानु !”

सोही ठाउँमा पसल सञ्चालन गर्दै आएका कपिल पौडेलले आगलागीबाट सबै सामग्री जलेर नष्ट भएको बताए । उनले भने, “कसरी आगलागी भयो, केही थाहा पाउन सकिएन । सामान झिक्ने समय नै भएन ।”

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले विद्युत् चुहिएर आगलागी भएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले आगलागीका पीडितलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक विश्व बास्तोलाले आज प्रेस विज्ञप्ती जारी गरी पीडितलाई उचित राहतका लागि आग्रह गरे । 

तनहुँ उद्योग वाणिज्य सङ्घ अध्यक्ष वैकुण्ठनाथ मिश्र र र तनहुँ उद्योग वाणिज्य सङ्घ बजार इकाइ सभापति सुकनारायण मल्लले विज्ञप्ति जारी गरी आगलागीबाट नष्ट भएका संरचना पुनर्निर्माण गरी व्यवसाय सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: