Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

व्यासमा आगलागी पीडितलाई सहयोगका लागि आग्रह

खबरडबली संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी बादल आले मगर मस्त निन्द्रामा थिए । आज बिहान १ः२० बजे मोबाइल बज्यो, मध्यरातमा फोन आएपछि केही भयो की भनेर उठाउँदै गर्दा दमौलीका मोहम्मद अजिजले भने, “दाई पसलमा आगलागी भयो । छिट्टै आउनुपर्‍यो ।”

व्यास नगरपालिका–३ मुख्यचोकमा रहेको पसलमा पुग्दा दनदनी जलिरहेको थियो । त्यो दृश्य हेर्नुबाहेक अर्को उपाय रहेन । उनले आँखै अगाडि पसलका सबै सामान जलेर खरानी भएका हेर्नुपर्‍यो । 

आज बिहान १२ः४० देखि सुरु भएको आगलागीले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको सो पसलसँगै २० भन्दा बढी पसल जले । त्यहाँ आइसक्रिम, मोबाइल, फलफूललगायतका पसल रहेका थिए । 

कोरोना र आर्थिक सङ्कटपछि बल्ल तङ्ग्रिदै गरेको व्यवसाय आगोले खरानी भएपछि आलेको वर्षौदेखिको लगानीसमेत जलेको छ । उनले भने, “कोरोना कहर र आर्थिक सङ्कटले व्यवसायी मारमा थियौँ, त्यसबाट उठ्न खोजिरहेका बेला फेरि  प्रकृतिले ठग्यो । पसलमा रहेका करिब रु एक करोडका र अन्य सामग्री जलेर सबै खरानी भए । बाँकी केही रहेन ।”

व्यवसाय गरेरै घरपरिवार चलाउँदै आएको बताउँदै आलेले उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग आग्रह गरे । उनले भने, “व्यवसाय नै मुख्य पेशा हो । यही पेशाबाट घरपरिवार चलेको थियो । त्यही खरानी भएपछि अब के गरेर खानु !”

सोही ठाउँमा पसल सञ्चालन गर्दै आएका कपिल पौडेलले आगलागीबाट सबै सामग्री जलेर नष्ट भएको बताए । उनले भने, “कसरी आगलागी भयो, केही थाहा पाउन सकिएन । सामान झिक्ने समय नै भएन ।”

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले विद्युत् चुहिएर आगलागी भएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले आगलागीका पीडितलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक विश्व बास्तोलाले आज प्रेस विज्ञप्ती जारी गरी पीडितलाई उचित राहतका लागि आग्रह गरे । 

तनहुँ उद्योग वाणिज्य सङ्घ अध्यक्ष वैकुण्ठनाथ मिश्र र र तनहुँ उद्योग वाणिज्य सङ्घ बजार इकाइ सभापति सुकनारायण मल्लले विज्ञप्ति जारी गरी आगलागीबाट नष्ट भएका संरचना पुनर्निर्माण गरी व्यवसाय सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending