गण्डकी । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा महानगरपालिका–१६ मा विभिन्न सडक तथा पुल निर्माण सम्पन्न भएका छन् । वडाभित्रका भूतेखोला मोटरेबल पुल, घुरकुना दाद्रे र्याले सडकका साथै भित्तेबजार सडक स्तरोन्नति सम्पन्न भएको हो ।
यी तीनवटै योजना आर्थिक वर्ष ०७९/८० मा सुरु भएर आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय कास्कीका सिडिई शोभियत खड्काले जानकारी दिए । उनका अनुसार सम्पन्न योजनामध्ये भित्तेबजार सडक स्तरोन्नतिको ठेक्का सम्झौता रकम रु तीन करोड ८१ लाख रुपैयाँ भएकामा तीन करोड ७१ लाखमा सम्पन्न भएको हो । अमित बिल्डर्स खासाङ गाउँपालिका मुस्ताङले निर्माण गरेको सडक सात सय मिटर लम्बाइ तथा आठ मिटर चौडाइ रहेको छ ।
त्यस्तै भूतेखोला मोटरेबल पुल तीन करोड २८ लाखमा सम्पन्न भएको छ । भदौरे निर्माण सेवा पोखराले निर्माण गरेको १४ मिटरको लम्बाइको पुल योजनाको निर्धारित समयभन्दा चार महिना अगाडि सम्पन्न भएको हो । त्यस्तै वडाको घुरकुना दाद्रे र्याले सडक तीन करोड ५८ लामा सम्झौता भए पनि तीन करोड ७६ लाख लागत लागेको जनाइएको छ ।
बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु पर्दा लागत केही बढेको जनाइएको छ । कूल तीन किमी सडकमध्ये आठ सय ४० मिटरमा कालोपत्र तथा बाँकीमा ग्राभेल र नाला निर्माण गरिएको छ । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दूधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो ।
सम्पन्न सडक तथा पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा सहर झर्ने क्रम बढ्नु चुनौतीपूर्ण भएको बताए । विकास गाउँमा पुगेपछि त्यसबाट अधिकतम फाइदा लिँदै अग्र्यानिक खेती, घरबासलगायत काममार्फत पर्यटन मैत्री वातावरण सिर्जना गरी गाउँमा घुम्नका लागि पाहुना पुग्ने वातावरण तयार गर्नुपर्ने बताए ।
अर्मलामा बेलाबेलामा प्राकृतिक विपत्ति आएकोतर्फ सङ्केत गर्दै उहाँले प्रकृतिलाई बचाउने गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । जनसङ्ख्या वृद्धि भए पनि खोलाघरलाई कायमै राख्नुपर्नेमा जोड दिँदै उनले निकास मिचेर नभई निकास दिएर विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा पोखरा –१६ का वडा सदस्य रामचन्द्र आचार्य, पूर्ववडाध्यक्ष जीवन आचार्य, स्थानीय लीलाधर आचार्य, श्यामलाल लामिछानेलगायतले वडाभित्रका विकास निर्माणका कार्य एवम् भोग्नुपरेका समस्यालगायतले प्रकाश पारेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: