Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

बागमती सफाइ महा अभियानः “काम गर्ने कालु मकै खाने भालु ”

खबरडबली संवाददाता

काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा भएर बाह्रौं बर्षमा प्रवेश गरेको छ ।

अभियानले बाह्रबर्ष प्रवेश गरेको अवसरमा गौशला तिलगंगा आँखा अस्पताल नजिकै एक कार्यक्रम आयोजना गरेको थियो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यकामा साप्ताहिकरुपमा सन्चालित अठारवटा अभियान मध्य धेरै जसो अभियानका अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

(एघार बर्ष) ५७५ हप्ता नियमित रुपमा सरसफाइ गरिएको भएता पनि अपेक्षा गरिए जस्तो परिवर्तन हुन नसकेकोमा नियमित अभियानमा जोडिएका अभियन्ताहरु चिन्तित भएका छन् ।
प्राय सफाई अभियानमा नेपालीसेना, सशस्त्र प्रहरीबल,नेपाल प्रहरी,काठमाडौं महानगरका नगर प्रहरी लगायत सफाइ क्षेत्रमा कार्यगर्ने निजि क्षेत्रका सफाइ मजदुरहरु,स्थानिय संघ संस्था र क्लबहरु,बिभिन्न समुह हरु लगायत स्वतन्त्र अभियन्ताहरुको उपस्थिति रहने गरेको छ ।

सफाइ अभियानमा उपस्थित भएका केहि सकृय अभियन्ता बाहेक धेरै जसो आफु सामाजिक काममा भएको देखाउन फोटो खिचेर सामाजिक संजालमा हाल्न मात्र पनि आउने नियमित अभियानमा जोडिएका एक अभियन्ताले बताए । फोहर मैला ब्यवस्थापनको जिम्मा लिनुपर्ने मुख्य निकाय स्थानिय सरकार भएपनि कहिले काँहि बाहेक अभियानहरुमा स्थानिय सरकारको उपस्थिति प्राय शुन्य नै हुनुले केहि अभियानहरु संस्थागत नभएको देखिने ति अभियन्ता बताउँछन् ।

बिभिन्न संघ संस्थाको अगुवाईमा सफाइ अभियान भएको भनिएता पनि यस्ता अभियानमा सकृय भुमिका निर्वाह गरिरहेका पक्षको नाम कहिल्यै नआउने गरेकोले पनि पनि अभियानहरु स्वार्थ निहित छन् भन्न सकिने प्रसस्त आधार रहेको अर्का अभियन्ताले बताए । हेर्दा सजिलै अभियान चलाएको देखिए पनि यो अभियान कति खर्चिलो छ भन्ने अभियन्ताहरुले कहिल्यै बुभ्mन नचाहेको एक फोहर ब्यवस्थापन कम्पनिका कर्मचारी बताउँछन् ।

“काठमाडौं बाट सिसिडोल या बन्चरे डाँडा सम्म ठुलो गाडीमा एक गाडी फोहर पुर्याउँदा करिब ३५ देखि ४० हजार खर्च आउँछ ,अभियानले जम्मागरेका ९५ प्रतिशत फोहर निजि क्षेत्रका कम्पनिलेनै ब्यवस्थापन गर्ने गरेको छ”उनले भने ।

केहि निस्वार्थ भावनाले आएका अभियन्ता बाहेक जोखिम युक्त सफाईको सबै काम फोहर ब्यवस्थापन कम्पनिका सफाई कर्मचारीहरुले नै गर्नु पर्ने बाध्यता रहेको उनको दावी छ ।कम्पनिले पठाउने कर्मचारीहरुलाई बिदाको दिन पर्ने भएकोले ओभरटाइम सुबिधा दिएर समेत लाने गरेको तथा तिनिहरुलाई दिने तलब भत्ता हिसाव गर्दा फोहर ब्यवस्थापन कम्पनिको ठुलो लगानी भएको हुन्छ तर केहि अभियन्ताहरुले त्यो अभियानलाई आफ्नै पेवा सम्झेर ब्यवहार गरेको देख्दा दिक्क लागेर आउने उनले बताए ।

केहि अभियन्ताहरु निस्वार्थ अभियानमा लागेको भए पनि केहि अभियन्ताहरुले अभियानमा समावेश भएको फोटो देखाएर आफ्नो स्वार्थ पुरा गर्न लागि परेको त्यििह अभियानमा सहभागि अभियन्ताको दावी छ । उनि भन्छन् “अभियानलाई ब्यवसायीक प्रचार स्थल समेत बनाईरहेका छन् ” ।

सफाइ सम्बधि ठुला ठुला कार्यक्रमहरुमा २ दिन पनि अभियानमा काम नगरेको तर अलि नाम चलेको ब्यक्तिलाई सम्मान समेत प्रदान गर्न पछि परिदैन तर फिल्डमा खटेर काम गर्ने कम्पनिको कर्मचारी वा ब्यवस्थापकको नाम समेत लिईदैन “ अनि भएनत कामगर्ने कालु,मकै खाने भालु” उनको तर्क थियो ।

अर्का एक अभियन्ताका अनुसार खोला छेउमा सेक्रिकेशन सेन्टर बनाएका निजि क्षेत्रका फोहर ब्यवस्थापन कम्पनिहरुले स्थानिय क्लब , टोले गुण्डा,स्थानिय राजनैतिक दलका प्रतिनिधि , स्थानिय सरकारका प्रतिनिधि र केहि अभियन्ताहरुलाई समेत मनाइ रहेकोले पुलमुनि र खोलाछेउमा फोहर सेक्रिकेशन गरेर लाखौं रुपैयाँ आम्दानी गरिरहेको आरोप लगाएका छन् । “हैन भने यस्ता बिषमा अभियन्ता भनाउँदाहरु किन चुईक्क बोल्दैनन्” ।

बिष्णुमति करीडोर र धोविखोला करीडोर तथा बिभिन्न पुल मुनि अहिलेपनि खुलेआम फोहर थुपारेर राख्दा नगर प्रहरी र आफुलाई सफाइ अभियन्ता भनेर परिचय दिई रहेका महाशयहरु चुपचाप बस्नुले “दालमा कुछ काला हे” भनेर बुझ्नु पर्ने अवस्था आएको ति अभियन्ताले बताए ।

केहि समय अगाडी एडिबि को लगानी रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा भ्रष्टाचार भएको समाचारहरु बाहिरिए पछि त्यसमा वाग्मती सफाइ महा अभियानको नाम समेत जोडिएको थियो । त्यसपछि धेरै अभियन्ताहरुले अभियानमा आउन छोडेका थिए ।

बिस्तारै अहिले अभियान पुरानै लयमा फर्कन थाल्दा केहि पुराना भनिएका अभियन्ताहरु अभियानको मोहोरामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति बाट बजेट बिनियोजन गर्न सकिने कार्यक्रमहरुमा समावेश भएर सेवा सुविधा र भत्ता लिएको प्रमाणहरु आएको पनि ति अभियन्ताले आरोप लगाए ।

कुनै पनि राजनैतिक पार्टीको झण्डा ब्यानर र लोगो प्रयोग गरेर आउन नपाउने अभियानमा निजि कम्पनिको प्रचार सामाग्रीलाइ भने छुट दिईएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending