Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गरेका छन् । 

उनले खेलमैदान निर्माणका लागि धुलिखेल नगरपालिकाद्वारा प्रदान गरिएको जमिनलाई व्यवस्थित बनाउन गुरुयोजनासहितको बजेटका लागि निरीक्षण गरेकाे जनाइएको छ । मन्त्री श्रेष्ठले धुलिखेल नगरको वडा नं ११ र १२ को सिमानामा निर्माणाधिन खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सहयोग गर्ने बताए । 

उनले भने, “नेपाल हरेक हिसाबले सम्भावना नै सम्भावना भएको देश हो, हामीले पूर्वाधारमा भन्दापनि ब्यवस्थापनमा ध्यान दिनुपर्छ ।” मन्त्री श्रेष्ठले नेपालमा हरेक खेलका लागि पर्याप्त भौगोलिक संरचना भएकाले पूर्वाधारमा लगानी गर्नु नपर्ने तर खेलअनुसारका जमिन व्यवस्थापनमा अनुगमन, निरीक्षणमा जोड दिनुपर्ने बताए । 

खेलमैदानको अवलोकनका लागि नेपाली हक्की सङ्का केन्द्रीय पदाधिकारी, जिल्लास्थित पदाधिकारी एवं स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

उक्त खेल मैदानलाई बाग्मती प्रदेश सरकारले चालु आवमा आवश्यक गुरुयोजना बनाउने गरी सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । नेपाल हक्की सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माका अनुसार बागमती प्रदेशस्थित खेलकुद विकास परिषद्द्वारा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को तयारी अन्तिम चरणमा पुगेको छ । 

तीन वर्षमा तीन चरणमा निर्माण हुने भनिएको रङ्गशालाको पहिलो चरणमा मैदान, दोस्रोमा प्याराफिट र त्यसपछि होस्टेल निर्माण हुनेछ । करिब रु ८० करोडमा रङ्गशाला तयार हुने प्रारम्भिक अनुमान गरिएको शर्माले बताए । 

मन्त्री श्रेष्ठले आजै धुलिखेलको हजारसिँढी, भैरव मुर्तिस्थललगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरे । श्रेष्ठलाई सो क्रममा नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, सम्मेलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालय तथा स्वास्थ्य संस्थाका कारण पर्यटकीय क्षेत्रका साथै खेलकुदको हव बनाउन सकिने बताए । 

यसका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने ब्याञ्जुको माग रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending