Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

खबरडबली संवाददाता

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन्।

औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी सैय्यामा परे जस्तै छ। सरकारले ९८ प्रकारका नि:शुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोलसमेत पाउन गाह्रो हुँदै आएको छ।

सदरमुकाम गमगढी बजारबाट बाहिर हेर्दा चिटिक्क देखिने जिल्ला अस्पताल मुगु, सेवा सुविधाको नजरबाट हेर्दा आफैँ थला परेको छ। बिरामी परेर उपचार खोज्दै आएका मुगालीहरूले गतिल्लो उपचार नपाएको भन्दै दुखेसो पोख्ने गरेका छन्।

मुगुको खत्याड गाउँपालिका-९ का राजकुमार लावड सामान्य बिरामि परेपछि जिल्ला अस्पताल मुगेका थिए। तर, उनले अस्पतालमा सिटामोलसमेत पाउन सकेनन्। ज्वरो आउने, खोकि लाग्ने, कान दुख्ने जस्ता समस्या देखिएपछि आफू अस्पताल पुगेकोमा सिटामोल  पनि पाउन नसकेको उनको गुनासो छ।

१५ सैय्याको जिल्ला अस्पताल मुगुमा उपचारका लागि मुगुका मात्र नभई छिमेकी जिल्ला हुम्लाका केही क्षेत्रका नागरिक पनि आउने गरेका छन्। मौषम परिवर्तनसँगै बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।

औषधि अभाव हुँदा पनि सम्बन्धित निकाय बेखबर रहेको नागरिकहरूको दुखेसो छ। जिल्ला अस्पताल मुगुले अहिलेमात्र नभई  समय समयमा औषधि अभाव खेप्दै आइरहेको छ। 

गत भदौ महिनामा खरिद गरिएको औषधिले अहिलेसम्म काम चलेको अस्पताल प्रशासनले जनाएको छ। अहिले गत वर्ष खरिद गरिएका औषधिले धानिरहेको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर कमल ढुङ्गनाले बताए।

सामान्य बिरामी हुँदासमेत उपचार नपाएपछि नागरिक भने मारमा छन्। गाउँमै अस्पताल भएर पनि आफूहरूले सास्ति खेप्नु परेको उनीहरूको गुनासो छ।


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: