नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा ‘लु’ पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धित गतिविधिको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन गरिएको छ ।
अनुगमन र अवलोकनका क्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेद्वारा तातो हावा सम्बन्धी सञ्चालित गतिविधिको प्रस्तुतिकरण, नेपालगन्ज उपमहानगरपालिका र रेडक्रस बीचको साझेदारी तथा सहकार्यमा सञ्चालन भएका कार्यहरूको बारेमा अन्तरक्रिया, कुलिङ्ग सेन्टरको अवलोकन र समुदायमा सञ्चालन भएका गतिविधिको स्थलगत अनुगमन गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले विभिन्न विपद् मध्ये तातो हावा पनि एक भएको भन्दै नेपालगन्जमा तातो हावा प्रतिकार्यका गतिविधिहरू केही वर्षदेखि नमुनाका रुपमा सञ्चालन भइरहेकोमा खुशी व्यक्त गरे।
उनले प्राधिकरणले योजनाबद्ध कार्य गरिरहेको पनि सो अवसरमा बताए। अनुगमनका क्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि टोलीका प्रमुख डेविट फिसर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर भट्ट, सहसचिव अमृत श्रेष्ठ, उपसचिव राजेन्द्र शर्मा, उपसचिव सुरेश सुनार, अमेरिकन रेडक्रसका नेपाल प्रतिनिधि हरिबहादुर कार्की, कार्यक्रम संयोजक उपमा ओझा र रेडक्रस सोसाइटी केन्द्रका उपनिर्देशक अमरमणि पौडेल लगायतको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले विगतदेखि हालसम्म सञ्चालन भएका तातो हावाको असर न्यूनीकरण सम्बन्धी गतिविधिको बारेमा प्रस्तुति गरे।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले रेडक्रस र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा संचालन भएका गतिविधिको बारेमा जानकारी गराए।
कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, विपद् व्यवस्थापन समितिका नरेन्द्रकुमार पौडेल र खगेसरी भण्डारी, नेपालगन्ज उपमहानगरपालिकाका पालिका शाखा तदर्थ समितिका संयोजक शिवकुमार वर्मा लगायतको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: