Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जलवायु परिवर्तनले बैङ्ककको स्तानान्तरण बाध्य पार्न सक्ने अधिकारीहरूको चेतावनी

खबरडबली संवाददाता

एजेन्सी । थाइल्यान्डले बढ्दो समुद्री सतहका कारण आफ्नो राजधानी बैङ्कक स्थानान्तरण गर्ने विचार गर्नुपर्ने देशको जलवायु परिवर्तन विभागका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् । 

बैङ्कक शताब्दीको अन्त्यअघि समुद्रले डुबानमा पर्ने जोखिम रहेको लगातारको अनुमानले देखाइरहेको छ । व्यस्त राजधानीको धेरैजसो भाग वर्षाका मौसममा बर्सेनि बाढीसँग जुधिरहेको छ । जलवायु परिवर्तन तथा वातावरण विभागका उपमहानिर्देशक पाभिच केसावाओङले सहरले हालको तापक्रमको मार्गमा विश्वसँग अनुकूलन गर्न नसक्ने चेतावनी दिए । 

“मलाई लाग्छ कि हामी पहिले नै एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा माथि छौँ, अब हामीले अनुकूलनका बारेमा सोच्नुपर्छ”, पूर्व–औद्योगिक स्तरबाट विश्वव्यापी तापक्रममा भएको वृद्धिलाई उल्लेख गर्दै उनले एएफपीलाई भने, “यदि हामी हाम्रो वर्तमान परिस्थितिमा रहिरह्यौँ भने बैङ्कक पानीमा डुबिसकेको हुनेछ भन्ने मलाई लाग्छ ।”

बैङ्कक सरकारले नेदरल्यान्ड्समा प्रयोग भएजस्तै बाँधहरूको निर्माण गर्ने उपायहरू खोजिरहेको छ । छलफल काल्पनिक भए पनि मुद्दा जटिल भएकोमा जोड दिँदै पाभिचले भने, “हामीले स्तानान्तरणबारे सोच्दै आएका छौँ, व्यक्तिगत रूपमा मलाई यो राम्रो विकल्प लाग्छ, त्यसैले हामीले राजधानी, सरकारी क्षेत्र र व्यापारिक क्षेत्रहरू अलग गर्न सक्छौँ ।”

थाइल्यान्डले गर्मी र खडेरीसँग सङ्घर्ष गरिरहेका किसानदेखि लिएर कोरल ब्लिचिङ र प्रदूषणबाट प्रभावित पर्यटन व्यवसायसम्म विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव झेलिरहेको छ । 

हालैको कोरल ब्लिचिङको प्रतिक्रियामा यसले धेरै राष्ट्रिय निकुञ्जहरू बन्द गरेको छ । पाभिचले थप निकुञ्ज बन्द हुने सम्भावना रहेको बताए । “हामीले हाम्रो प्रकृतिलाई जोगाउनु पर्छ, त्यसैले हाम्रा स्रोतहरूको रक्षा गर्न हामी कुनै पनि उपाय अवलम्बन गर्नेछौँ”, उनले भने । 

यद्यपि विशेषगरी थाइल्यान्डको उत्तरमा वायु प्रदूषणको बढ्दो समस्यालाई सम्बोधन गर्ने सरकारी प्रयासले अझै प्रतिफल दिन नसकेको पनि पाभिचले स्वीकार गरे । मन्त्रिपरिषद्ले यस वर्ष स्वच्छ हावामा केन्द्रित एउटा विधेयकलाई अनुमोदन गरेको तथा राष्ट्रिय निकुञ्जका अधिकारीहरूले संरक्षित क्षेत्रहरूमा आगलागी रोक्न र निभाउने प्रयासहरू बढाएको पाभिचले बताए । 

पाभिचले कार्बन मूल्य निर्धारण र न्यूनीकरणदेखि लिएर अनुकूलन उपायहरूसम्म सबै कुराको प्रावधान समावेश रहेको विधेयक यस वर्ष कानूनमा पारित हुने सम्भावना रहेको बताए । थाइल्यान्डले सन् २०५० सम्ममा कार्बन तटस्थता र सन् २०६५ सम्ममा शुद्ध–शून्यको लक्ष्य राखेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending