Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङ भ्रमण गर्दै

खबरडबली संवाददाता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । 

पुटिन बिहीबारदेखि शुक्रबारसम्म बेइजिङ भ्रमणमा रहनुहुने विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताए । रूसी नेताको छ महिनाभन्दा लामो समयमा दोस्रो चीन भ्रमण हो भने मार्चमा राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पहिलो विदेश भ्रमण हो । 

पश्चिमले आफ्नो सैन्य आक्रमणलाई लिएर अभूतपूर्व प्रतिबन्धहरू लगाएका कारण रूस एक महत्त्वपूर्ण आर्थिक जीवन रेखाका रूपमा चीनमा तीव्ररूपम निर्भर रहेको विश्लेषकहरू बताएका छन् । बेइजिङले मस्कोसँगको आफ्नो सम्बन्धप्रतिको आलोचनालाई अस्वीकार गरेको छ । 

उसले ‘कुनै सीमा नभएको’ साझेदारीको प्रशंसा गरेको छ । चीनले सस्तो रूसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीसहित विशाल प्राकृतिक स्रोतहरूमा पहुँच प्राप्त गरेको छ ।

तथापि उक्त आर्थिक साझेदारी पश्चिममा कडा जाँचको दायरामा आउँदा चिनियाँ बैंकहरूलाई अमेरिकी प्रतिबन्धको डरले विश्वव्यापी वित्तीय प्रणालीबाट अलग गर्नसक्ने डर छ । त्यसैले उनीहरूले रुसी व्यवसायमाथि नियन्त्रण सुरु गरेका छन् । 

“चीनले आफूलाई समर्थन गर्न अझ धेरै प्रयास गरोस् भने रुस चाहन्छ । यस्तो गर्न चीन अनिच्छुक छ किनकी ऊ पश्चिमसँगको आफ्नो सम्बन्धलाई खतरामा पार्न चाहँदैन”, कार्नेगी रुस युरेसिया केन्द्रका निर्देशक अलेक्जेन्डर गाबुयेभले भने । 

चिनियाँ भन्सार तथ्याङ्कअनुसार युक्रेनमा आक्रमणपछि चीन र रुसबीचको व्यापार बढेको छ । यसलाई बेइजिङले कहिले पनि निन्दा गरेको छैन । सन् २०२३ मा यी दुई मुलुकबीचको व्यापार दुई खर्ब ४० अर्बसम्म पुगेको छ । 

यद्यपि वासिङ्टनले मस्कोलाई सुविधा दिने वित्तीय संस्थाहरूलाई कारबाही गर्ने वाचा गरेपछि वर्षको सुरुमा रुसमा बढेको चिनियाँ निर्यात मार्च र अप्रिलमा घटेको छ । आफूलाई रुसबाट अलग हुने बढ्दो माग वा यसको परिणामको सामना गरिरहेकाले बेइजिङ रुसको सङ्घर्षरत अर्थतन्त्र सम्हाल्न तयार नभएपछि यस्तो भएको हो । 

“चिनियाँ बैंकहरू प्रतिष्ठित लागतका बारेमा चिन्तित छन् किनकि उनीहरूले ठूला प्रतिबन्धहरू रोक्न खोजेका छन्”, सिएनएका वरिष्ठ अनुसन्धान वैज्ञानिक एलिजाबेथ विशनिकले एएफपीलाई भने, “निश्चितरूपमा प्रमुख चिनियाँ बैंकहरू  हालको आर्थिक कठिनाइहरूलाई ध्यानमा राख्दै त्यस परिस्थितिबाट बच्न चाहन्छन् ।”

विज्ञहरूले यस हप्ताको अत्यधिक प्रतीकात्मक बैठकले ‘कुनै सीमा नभएको’ साझेदारीको प्रशंसा गरिने र केही सम्झौताहरूमा हस्ताक्षर र व्यापार बढाउने वाचा गर्ने अपेक्षा गरेका छन् । 

विश्लेषकहरूका अनुसार बेइजिङले मस्कोलाई समर्थन गर्न कटिबद्ध भएको रुसी नेतालाई राम्रोसँग थाहा छ । यसलाई विश्लेषकहरूले चिनियाँ नीति निर्माता पश्चिमविरुद्ध महत्त्वपूर्ण पर्खाल र अमेरिकी नेतृत्वको विश्व व्यवस्थाविरुद्धको लडाइँमा महत्त्वपूर्ण सहयोगीका रूपमा हेरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: