Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा र मातहतका समितिबाट भएगरेका काम कारबाही र गतिविधिका समाचार सन्तुलित रुपमा सम्प्रेषण गर्न सञ्चार माध्यमलाई सुझाव दिएका छन् । 

सदन चलाउने, व्यवस्थित गर्ने र नियमित तुल्याउने भूमिका संसदीय समितिकै क्रियाशीलतामा निर्भर रहने बताउँदै उनले कतिपय राष्ट्रिय सराकोरका मुद्दामा बुझने र बुझाउने विषयमा सरकार, सदन, राजनीतिक दल र पत्रकारमा देखिएको खाडल घटाउनु पर्ने आवश्यकता औँल्याए । 

घटना विशेषका आधारमा नभई समग्रमा राष्ट्रियसभा मातहतका समितिका समाचारले केकति स्थान प्राप्त गर्छन् र त्यसमा कस्तो सहयोग पुर्‍याउनुपर्छ भन्ने भावना सञ्चारजगतले राखिदिन अध्यक्ष दाहालको आग्रह छ । 

सबैको साझा र अपनत्व लिने गरी राष्ट्रियसभा सञ्चालन गर्न प्रयत्न भइरहेको उनको भनाइ छ । उनले सकारात्मक आलोचनासहित रचनात्मक ढङ्गबाट समाचार सम्प्रेषण गरी सहयोग पुर्‍याउन सुझाव दिए । संसदीय मामिला पत्रकार समाजका पदाधिकारीसहितका पत्रकारसँगको भेटमा उनले सदन चले वा नचले पनि समितिका कामलाई प्रभावकारी तुल्याउन राष्ट्रिय महत्वका विषयवस्तुलाई केन्द्रित गरी छलफल गर्न सभापतिलाई निर्देशन दिएको बताए । 

अध्यक्ष दाहालले भने, “देश र दुनियाँको ध्यान केन्द्रित हुने गरी समितिमा छलफल चलाउने र राष्ट्रको प्राथमिकताका विधेयक र कानुनलाई समयमै सक्ने दृढ सङ्कल्पकासाथ संसदीय समितिले काम गर्नुपर्छ ।”

विधेयकमाथि हुने राय–परामर्श र सुझाव लिन आमन्त्रण गरिने विषय विज्ञ राजनीतिक दलको कोटाका आधारमा नबोलाउन समितिलाई सुझाव दिए । उनले भने, “विज्ञ बोलाउँदा कुन दलको कति परे भन्ने होइन, खास विषयमा ज्ञान राख्ने र मागेको खुराक दिन सक्ने  विज्ञ ल्याए पुग्छ ।”

विश्वासिलो वातावरण सिर्जना गर्दै अपेक्षा, आवश्यकता र सम्भावनाको पाटोमा उत्तिकै ध्यान दिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ । उनले नतिजा दिने गरी राष्ट्रियसभालाई अघि बढाउन गृहकार्य र समन्वय गर्न सचिवालयका कर्मचारी तथा समितिका पदाधिकारीलाई सुझाव दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending