मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बहादुर सिं लामाले पूर्वाग्राही नराखी प्रदेशको पूर्वाधार विकास, बजेट र योजनालाई भौगोलिक आवश्यकताअनुसार बाँडफाँट गर्न आग्रह गरेका छन् ।
उनले अब सरकारले केही हप्ताअघि प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवाः (नेपाल) भाषा र तामाङ भाषाको दैनिक प्रयोगको प्रदेशसभाबाट शुभारम्भ हुनुपर्ने सुझाव दिदैँ अब प्रदेशसभाका सदस्यहरुले बोलेका सुझाव र भनाइलाई ती भाषामार्फत प्रसारण गर्न आग्रह गरे ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक मधुसूदन पौडेलले सबै प्रदेशमा सहकारीको समस्या निकै जटिल हुनु पुगेकाले अब सामूहिक रुपमा सर्वसाधारण नागरिकको बचत रकम फिर्ता गर्नेतर्फ सङ्घीय सरकार र प्रदेशले समन्वय गरेर दीर्घकालीन निकास दिनेतर्फ पहल गर्नुपर्ने सुझाव दिए । उनले प्रतिपक्षले सरकारलाई र सरकारले प्रतिपक्षलाई आरोप–प्रत्यारोप र टिप्पणी गर्ने प्रवृत्तिलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी) केन्द्रका सरल सहयात्री पौडेलले प्रदेश सरकारले सुशासन ल्याउन रोजगारी र स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखेर बजेटलाई जनमुखी बनाउपर्नेतर्फ केन्द्रित हुनुपर्ने सल्लाह दिए । उनले प्रदेशमा भौतिक विकास, सडक, सिँचाइ, खानेपानी र योजनालाई कार्यान्वयन गर्न सम्बन्धित निकायले व्याहारिकरुपमा कार्यान्वयन गर्न नसकेकामा प्रदेश सरकारले अब आगामी बजेट बनाउने क्रममा ती सबै योजनालाई समीक्षा गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) संसदीय दलका नेता उद्धव थापाले राप्रपाले आफ्ना आन्दोलनका क्रममा मृत्यु भएका एक नेतालाई सहिद घोषणा गर्नुपर्ने माग गरे । उनले प्रदेश सरकारले विगत केही महिना अघिदेखि आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको पद रिक्त हुँदा अहिलेसम्म पनि पदपूर्ति हुन नसक्दा आगामी बजेटको सिलिङ तर्जुमा गर्न निकै कठिनाइ भएकातर्फ सरकारलाई ध्यानाकर्षण गराए ।
बैठकमा एकीकृत समाजवादी कृष्णप्रसाद शर्मा खनालले सङ्घीय सरकार र प्रदेश सरकारको मातहतमा रहेका प्रहरी संयन्त्र र निजामती कर्मचारीहरुले आफू इमान्दारीपूर्वक सरकारले दिएको जिम्मेवारी पूरा गर्नेतर्फ ढृढताका साथ अघि नबढेकाप्रति चिन्ता व्यक्त गरे ।
उनले अहिले राजनीतिक समीकरणमा प्रतिशोधका कारणबाट प्रदेशमा इमान्दारीपूर्वक सरकारले आफ्नो जिम्मेवारीलाई बहन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री पदलाई मात्रै महत्व दिएर प्रदेशमा शान्तिसुरक्षा, मानव अधिकारको संरक्षण र जनतालाई सुशासनतर्फ विश्वास र भरोसा दिनेतर्फ जवाफदेही हुन नसकेकामा दुःख व्यक्त गरे ।
सो अवसरमा नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोरसाईले नेपालमा कम्युनिष्ट पार्टीको सरकार पटक–पटक बनेको भए पनि जनतालाई इमान्दारिपूर्वक सुशासन दिने, स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षालगायत भौतिक पूर्वाधारको विकासलाई दिगो व्यवस्थापन गर्न नसकेकामा जनता निराश भएका छन् भने ।
उनले संविधानमा समाजवादको सिद्धान्तलाई व्याख्या गरिएको भए पनि राजनीति दलहरुले जनतालाई उनीहरुको व्यावहारिक जीवनमा समाजवादप्रतिको लक्ष्यलाई उजागर र अहिले ती जनतालाई न्यूनतम स्वास्थ्य उपचार र रोजगारीको अवसर उपलब्ध गराउन प्रदेश सरकारले बजेट, योजना, राष्ट्रिय गौरवको आयोजनालाई अब आत्मसमीक्षा गरेर कार्यान्वयन गर्न आग्रह गरे ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि जेठ १ बजे अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: