काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भोलिदेखि आयोजना गर्ने 'विद्यार्थी महोत्सव’ को तयारी पूरा भएको जनाएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको सबै तयारी पूरा भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए । उनले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउने उद्देश्य महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सव भोलीदेखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने छ ।
‘विद्यार्थी महोत्सव’ का माध्यमबाट युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउन र ‘नेपालमै पढछु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गराउने प्रत्यत्न गर्न लागिएको बडालले बताए । महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझावसमेत लिइने उनको भनाइ छ । अनेरास्ववियुले महोत्सवबाट बचेको पाँच प्रतिशत रकम गरिव र जेहेन्दार विद्यार्थीलाई छात्रवृतिका लागि दिइने घोषणा गरेको छ ।
आयोजकका अनुसार महोत्सवका क्रममा प्रत्यक्ष परियोजना, साङ्गीतिक प्रस्तुुति, करियर परामर्श, बहस र संवाद, सातवटै प्रदेशका कला, संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, खाना कक्ष, इ–गेमिङ्ग प्रतियोगिता, रोबोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानुनी शिविर, पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम हुने छन् ।
यस्तै महोत्सवमा नेपालको शिक्षा प्रणाली, विद्यार्थी आन्दोलनलगायत बिषयमा समेत सामूहिक छलफल समेत हुने छ । “विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई हामीले सरकार र सम्बन्धित निकायलाई सुझाव दिनेछौँ”, अध्यक्ष बडालले भने ।
महोत्सवका संयोजक धर्म गिरीले महोत्सवस्थलमा एक सय ५० भन्दा बढी शैक्षिक स्टल राखिने छन् । त्यस्तै विद्यार्थीलाई मनोरञ्जनप्रदान गर्नका लागि जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थजस्ता ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म साङ्गीतिक कार्यक्रम हुने उनले बताए ।
अनेरास्ववियुका महासचिव नरेश रोकायाले महोत्सवमा देशभरिबाट करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...
मंसिर २९ गते, २०८२ - १७:४३
ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...




प्रतिकृया लेख्नुहोस्: