Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

रुसको आवासीय भवनमा आक्रमण हुँदा १५ जना मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा सोमबार दश तले आवासीय अपार्टमेन्ट भवन आंशिकरूपमा क्षतिग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी समाचार एजेन्सी तासले रूसी आपत्कालीन मन्त्रालयको बयानलाई उद्धृत गर्दै बताएको छ । समाचारअनुसार आइतबार भएको ‘युक्रेनी आक्रमण’ पछि भवन ढलेको हो ।

यसअघि बेलगोरोड र यसका उपनगरहरूमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो । खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुर्उँदा भवनको एउटा भाग ढलेको स्रोतले जनाएको छ । 

यसैगरी रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा आंशिकरूपमा ध्वस्त भएको आवासीय अपार्टमेन्ट भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रूसी आपत्कालीन मन्त्रालयका प्रवक्ताले बताए । उनका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो भने भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो । 

यसअघि आपत्कालीन मन्त्रालयले दुई बच्चासहित १२ जनालाई घटनास्थलबाट उद्धार गरिएको बताएको थियो । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा ठुलो प्वाल भएको भवन ढलेको देखाइएको छ । 

युक्रेनी सेनाले गरेको ‘बृहत् बम विस्फोट’ को निन्दा गर्दै उनले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि.दशौँतलादेखि भुइँतलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताए । रूसी रक्षा मन्त्रालयले सामानिक सञ्जालमा भवनमा टोच्का–यू टीआरसी मिसाइलको टुक्रा खसेको बताएको थियो । बेलगोरोड क्षेत्रमा हवाई सुरक्षाले धेरै रकेट खसालिएको र दुईवटा ड्रोन छुट्टै घटनामा नष्ट भएको पनि अल जजिराले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: