काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पुस्तक पुनःप्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले विद्यार्थीकै हितमा प्रयोग गर्न सक्ने बताएकी छिन् ।
मन्त्रालयले आगामी बजेटमा पुस्तक पुनःप्रयोगबारे कार्यक्रम राखेको छ । आज काठमाडौंको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै पुस्तक जतन गरेर राख्न उनले सुझाव दिएकी थिइन् । “तीन अर्बभन्दा बढी रकम हरेक वर्ष पुस्तक छाप्न खर्च हुन्छ, त्यसको केही प्रतिशत मात्रै हामीले बचाउन सक्यौँ भने त्यो रकम विद्यार्थीकै खाजा र अरू कार्यक्रममा खर्च गर्न सकिन्छ”, मन्त्री श्रेष्ठले भनिन ।
उनले विद्यार्थीहरुलाई किताब कसरी विद्यार्थीको हातमा पुग्छ भन्ने प्रक्रियाबारे बुझाइन । “पाठ्यक्रम विकास केन्द्रले किताब तयार गरेर छाप्न जनक शिक्षा सामाग्री केन्द्रलाई दिन्छ र केन्द्रले पुस्तक छापेर प्रादेशिक डिपोमा पठाउँछ । प्रादेशिक डिपोले जिल्लागत स्थानीय बिक्रेता कहाँ पठाउँछ र त्यहाँबाट विद्यालयले खरिद गरी विद्यार्थीलाई पुस्तक दिन्छ”, मन्त्री श्रेष्ठले भनिन । उनले पुस्तकलाई ढोग्ने र सुरक्षित राख्ने हाम्रो संस्कार रहेकाले पुस्तक सुरक्षित राख्न आग्रह गरिन ।
आठ कक्षाको मात्रै पुस्तक अर्कोपल्ट प्रयोग गर्ने हो भने खाजा खर्च २० रुपैयाँ गर्दा एक लाख ३६ हजार छ सय १३ जना अरू विद्यार्थीले दिवा खाजा पाउने उनको भनाइ थियो । सरकारले पुस्तक सुरक्षित राखेर फिर्ता गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति बनाइरहेको मन्त्री श्रेष्ठले जानकारी दिइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: