खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार हावाहुरीले केही विद्यालय भवन, टहरा र गोठहरूमा समेत क्षति पुर्याएको छ। हावाहुरीकै कारण जिल्लाभर विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।
हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारस्थित छोर्दिपा गाउँको एउटै टोलमा करिब १५ घरको छाना उडेको नगर प्रमुख विमला राईले जानकारी दिए। च्यास्मिटार, डिकुवा, बाहुनीडाँडा र धितुङलगायतका स्थानमा गरी करिब २५ घरमा क्षति पुगेको उनले बताए। सबै स्थानको यकिन विवरण वडा कार्यालयमार्फत सङ्कलन भइरहेको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रावाबेँसी गाउँपालिका–१ कुभिण्डे (हरमटार) का युवराज भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ र रमेश श्रेष्ठ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ का सुनसरी राई, बाम्राङका पदमबहादुर कट्वाल तथा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका छविलाल सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीका घरमा क्षति पुगेको छ।
जिल्लाका विभिन्न स्थानबाट क्षतिको विवरण आउने क्रम जारी रहेको र यकिन तथ्याङ्क संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश बुढाथोकीले जानकारी दिए।
चालापास्थित जनता आधारभूत विद्यालयको भवनको छाना पनि हावाहुरीले उडाएको छ। साथै, रुख ढलेका कारण जिल्लाका धेरै ग्रामीण सडक अवरुद्ध भएका छन्।
हावाहुरीका कारण सदरमुकामसहित जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ। जलजले र ओखलढुंगाबाट आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको दिक्तेल वितरण केन्द्रले जनाएको छ। जलजलेबाट आउने लाइन रसुवासम्म मर्मत भइसकेको र हाल राजापानी क्षेत्रमा मर्मत कार्य भइरहेको छ। अन्य स्थानमा पनि पोल ढलेकाले मर्मतमा समय लाग्ने जनाइएको छ।
चैत ३ गते साँझसम्म विद्युत सेवा पुन: सञ्चालन गर्ने प्रयास भइरहेको वितरण केन्द्रले जनाएको छ। विद्युत सेवा अवरुद्ध हुँदा मोबाइल नेटवर्कमा समेत समस्या देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...


प्रतिकृया लेख्नुहोस्: