Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

ट्रम्प र सीबिच शिखर वार्ता हुने

खबरडबली संवाददाता

काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएको छन् । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नयाँ निकास निकाल्ने सम्भावना रहेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । भ्रमण क्रममा राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच हुने शिखर वार्तालाई निकै महत्वसाथ हेरिएको छ । 

अमेरिका र चीनबिच लामो समयदेखि जारी व्यापारिक तनाव व्यवस्थापन गर्ने प्रयासस्वरूप दुवै देशका उच्चस्तरीय प्रतिनिधिले फ्रान्सको राजधानी पेरिसमा आर्थिक तथा व्यापार वार्ता गरेका छन् । राष्ट्रपति ट्रम्पको चीन भ्रमणको सन्दर्भमा भएको यो वार्तालाई महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट र चीनका उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबिच पेरिसमा आइतबार र सोमबार दुई दिन सार्थक वार्ता भएको हो । 

राष्ट्रपति ट्रम्पले सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा चीनको भ्रमण गरेको थिए। त्यसयता अमेरिकाका राष्ट्रपतिले चीन भ्रमण गरेको छैन । पाँच महिनाअघि दक्षिण कोरियाको बुसानमा भएको भेटमा ट्रम्प र सीले बढ्दो व्यापार युद्ध रोक्न एक बर्से अस्थायी युद्धविराममा सहमति जनाएको थिए । त्यसअघि दुवै देशले एक–अर्काविरुद्ध क्रमश: उच्च दरका भन्सार शुल्क लगाउँदै आएका थिए ।

पेरिस वार्ता प्रत्यक्ष रूपमा व्यापार मुद्दामा केन्द्रित रहनुका साथै पश्चिम एसिया युद्धबारे पनि छलफल भएको बताइएको छ । इरानसँगको युद्धका कारण तेलको मूल्य र आपूर्तिमा बढ्दो अनिश्चितता देखिएकाले त्यसको असर विश्व अर्थतन्त्रमा पर्ने चिन्ता बढेको छ । ट्रम्पले शनिबार चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलगायत देशले स्ट्रेट अफ हर्मुज ‘खुला र सुरक्षित’ राख्न युद्धपोत पठाउने अपेक्षा गरिएको बताएको थिए । गत साता चीनका विदेशमन्त्री वाङ यीले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि महत्वपूर्ण वर्ष हुने बताएको थिए ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बार एशोसिएशन ललितपुरमा नेकपाको सुवेदी प्यानलै विजयी

काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...

सुन्धारा कारागारबाट जन्मकैद सजाय भोगिरहेकी महिला फरार

काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...

पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउने पक्राउ

बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक: उपसभापति शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...

देशका मुद्दामा केन्द्रित हुन कांग्रेस तयार हुनुपर्छ - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ। आर्थिक वर्ष  २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending