काठमाडौं । समाचारको विषयलाई लिएर नेपाल प्रोफिट डटकमका सम्पादक डुन्डुराज आचार्य (डिआर) लाई नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य र जिल्ला सभापतिले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ ।
उक्त अनलाइनमा २०८१ साल वैशाख १६ गते सम्प्रेषित ‘कांगेस नेता र मन्त्रीका पिएको कमाउ धन्धा, दक्षिण कोरिया पठाइदिन्छु भन्दै करिब चार सय युवाबाट करोडौँ असुली’ शीर्षक समाचारलाई लिएर नेविसङ्घका केन्द्रीय सदस्य भूपेन्द्रसिंह थेवेले ज्यान मार्ने धम्की दिनाका साथै नेविसङ्घ सङ्खुवासभा सभापति चिरञ्जीवी श्रेष्ठले ‘जे पनि हुनसक्छ’ भन्दै धम्की दिएको जानकारीसहित सम्पादक आचार्यले महासङ्घमा निवेदन दिएका थिए ।
सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने तथा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रचलित प्रावधान छ । “त्यसलाई बेवास्ता गर्दै नेविसङ्घजस्तो जिम्मेवार सङ्घका जिम्मेवार व्यक्तिबाट यस किसिमले धम्क्याएको घटना प्रेस स्वतन्त्रताविरुद्ध हुनाका साथै अत्यन्त निन्दनीय हर्कत हो”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यस्ता आपराधिक मनसाययुक्त कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्बाध, निर्भिक र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दै महासङ्घले संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको ख्याल गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: