एजेन्सी । युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको आफूलाई युद्धमा मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजेको बेइजिङले शुक्रबार बताएको छ ।
युक्रेन युद्धमा तटस्थ पक्ष भएको दाबी गर्ने चीनले कहिल्यै पनि रुसको आक्रमणको निन्दा गरेको छैन भने संयुक्त राज्य अमेरिकाले बेइजिङको समर्थनबिना मस्कोले आफ्नो युद्धलाई निरन्तरता दिन सङ्घर्ष गर्ने बताएको छ ।
मे ३ देखि ९ सम्मको आफ्नो टर्कीए, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा राजदूत ली हुईले त्यहाँका कूटनीतिज्ञहरूलाई भेटेर सबै पक्षसँग ‘सीधा वार्ता पुनः सुरु गर्ने अवस्था सिर्जना’ गर्न आह्वान गर्नुभएको चीनको विदेश मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।
यसै वर्षको प्रारम्भमा उनले युद्धमा मध्यस्थताका लागि बेइजिङको पहलअन्तर्गत रुस, युक्रेन र युरोपेली सङ्घ (इयु) का मुलुकहरूको भ्रमण गरेका थिए । “युक्रेन सङ्कटका बारेमा चीनले सबै पक्षसँग विचारहरूको गहन आदानप्रदान गरेको छ र सबै पक्ष परिस्थितिलाई शान्त पार्ने चीनको प्रस्तावहरूमा सहमत भएका छन्”, पछिल्लो भ्रमणका बारेमा विदेश मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ ।
राजदूत लीले ग्यास पाइपलाइन र ऊर्जा सुविधाजस्ता ‘प्रमुख पूर्वाधार संरचनाको सुरक्षा’ का साथै विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न मानवीय सहायता र अन्तर्राष्ट्रिय सहयोगका लागि पनि आग्रह गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणअघि लीले ब्राजिल, दक्षिण अफ्रिका, इन्डोनेसिया र कजाकिस्तानसहित अन्य मुलुकका अधिकारीहरूसँग पनि वार्ता गर्नुभएको विज्ञप्तिमा बताइएको छ । “सबै पक्ष सञ्चार र समन्वय कायम राख्न सहमत भएका छन्, साथै परिस्थितिलाई शान्त बनाउने प्रयासका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थनलाई स्वागत गरेका छन्”, विज्ञप्तिमा उल्लेख छ ।
चीन र रुसले हालका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमा आक्रमणपछि उनीहरूबीचको रणनीतिक साझेदारी घनिष्ठ भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८१ - २१:०१
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको स...
जेष्ठ ७ गते, २०८१ - २०:५६
एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित इजराइल र हमासका नेताहरूलाई ...
जेष्ठ ७ गते, २०८१ - २०:४१
सिरहा । वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–१७ स्थित हरिपुरको देवीथान सामुदायिक वनमा दुईतले पक्की भवन निर्माण हुने ...
जेष्ठ ७ गते, २०८१ - २०:३६
विराटनगर । मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । सो अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । ...
जेष्ठ ७ गते, २०८१ - २०:३३
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्र...
जेष्ठ ७ गते, २०८१ - २०:२९
सुदूरपश्चिम । पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भए...
जेष्ठ ७ गते, २०८१ - २०:२६
काठमाडौं । मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्...
जेष्ठ ७ गते, २०८१ - २०:१८
ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले फुङलिङ–पाथ...
जेष्ठ ७ गते, २०८१ - २०:११
चितवन । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन) खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ बालबालिकाल...
जेष्ठ ७ गते, २०८१ - २०:०७
गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे द...
प्रतिकृया लेख्नुहोस्: