Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

झापामा ६५ वर्षमाथिका सबै पत्रकारलाई औषधोपचार खर्च

खबरडबली संवाददाता

झापा । झापामा ६५ वर्ष उमेर पारगरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासङ्घ झापा शाखाले यसै वर्षदेखि सामाजिक सुरक्षा योजना अन्तर्गत ज्येष्ठ पत्रकारलाई सो खर्च प्रदान गर्न थालेको हो । 

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले  ८० वर्षभन्दा माथि उमेर समूहकालाई वार्षिक रु २० हजार र ६५ वर्षदेखि ७९ वर्षसम्मकालाई वार्षिक रु १५ हजारका दरले यो सुविधा प्रदान गरिएको बताए । शाखाको १४औँ अधिवेशनमा यसपटक १९ जनालाई सो सेवा प्रदान गरिएको छ ।

शाखाले सबै पत्रकारको दुर्घटना र औषधि उपचार खर्चकै लागि रु एक करोडभन्दा बढीको अक्षयकोष सञ्चालन गरेको छ । गम्भीर बिरामी र घाइते भएकालाई यो कोषबाट उपचार खर्च प्रदान गरिँदै आएको नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले बताए । 

अग्रज पत्रकारको सम्मान र आफ्ना सदस्यको संरक्षणमा शाखाले खेलेको अभिभावकीय भूमिकाको अग्रज पत्रकारहरूले प्रशंसा गरेका छन् । पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीले महासंघ झापा शाखाले अग्रज पत्रकारको सम्मानमा सुरूगरेको उपचार खर्च दिने कार्य सराहनीय भएको बताए । 

नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष चिन्तामणि दाहालले झापा शाखाले अरु शाखाले पनि अनुशरण गर्नमिल्ने काम गरेको भन्दै प्रशंसा गरे । अग्रज पत्रकार तथा साहित्यकार चुणमणि रेग्मीले दीर्घसेवी सम्मान ग्रहण गर्दै पछिल्लो पुस्ताले सम्मानसहित आफूलाई सम्झेकोमा हर्षविभोर भएको बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिश अशोककुमार बस्नेतले अग्रजहरूको सम्मानले पछिल्लो पुस्ताको पनि सम्मान बढ्ने भन्दै सो कार्यको निरन्तरताका लागि आग्रह गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाले प्रकाशन गरेको ‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ पुस्तकबारे पनि चर्चा गरिएको छ । महासंघको केन्द्रीय महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकार्पण गर्नुभएको पुस्तकमा ३० को दशकको अन्त्यसम्म क्रियाशील रहेका अग्रज पत्रकारको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ पत्रकारको अन्तरबोध खण्ड, १३ जना पत्रकारको संस्मरण र आठ वटा अभिलेख खण्ड समेटिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा जुट्...

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

काठमाडौं । ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धि विशिष्ट सेवा उपलब्ध गराउने भएको छ ।  तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा...

राष्ट्रसङ्घीय सहायता प्रमुखद्वारा गाजा अभावको ‘सर्वनाशकारी’ परिणामको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख मार्टिन ग्रिफिथले आइतबार घेरामा परेको गाजामा अनिकालको चेतावनी दिँदै त्यहाँसम्म पुग्ने सहयातामाथिको अवरोध...

‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउँछन ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन् ।  प्रतिनिधिसभाको आजक...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ ।  कार्याल...

‘धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ’

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएको बताएका छन् ।  नेत्रलाल पौडेलको ४१औँ स्मृति दिव...

मापदण्ड विपरीतका संरचना भत्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आजदेखि भत्काउन सुरुआत गरेको छ ।  मापदण्ड विपरीत जग्गा अतिक्रम...

यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा

काठमाडौं । काठमाडौंको बालाजुमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरे...

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies