काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
आज मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनामा नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् । “अर्थपूर्ण रूपमा काम गर्न काम गर्नुपर्छ ”, मन्त्री चौधरीले भनिन्, “जनगुनासो चासोअनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।”
उनले पछिल्ला दुई महिनामा भए गरेका महत्वपूर्ण कामको समीक्षा गरी प्रतिवेदन तयार गर्न कर्मचारीलाई निर्देशन दिइन । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने जनाउँदै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताइन ।
सो अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्वपूर्ण भएको जनाउँदै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...
मंसिर ३० गते, २०८२ - १८:०१
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...
मंसिर ३० गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...
मंसिर ३० गते, २०८२ - १७:५५
काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...
मंसिर ३० गते, २०८२ - १७:५०
गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...
मंसिर ३० गते, २०८२ - १७:४८
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...
मंसिर ३० गते, २०८२ - १७:४४
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...
मंसिर ३० गते, २०८२ - १७:४२
काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...
मंसिर ३० गते, २०८२ - १७:३९
बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...




प्रतिकृया लेख्नुहोस्: