काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भृकुटीमण्डपस्थित बजार व्यवस्थित गर्न निर्देशन दिएकी छिन् ।
समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन् । अहिले जसरी बजार सञ्चालन भइरहेको छ, त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उनले त्यसलाई व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिएकी हुन् ।
चालु आर्थिक वर्षमा चार करोड बजेट रहेको भन्दै उनले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई ‘सेमी पर्मानेन्ट’ बनाउने प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिइन । भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकाले पुनःनिर्माण, स्तरोन्नति गर्न आवश्यक छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पनि मन्त्री चौधरीले परिषद्का कर्मचारीको ध्यानाकर्षण गराइन ।
उनले भृकुटीमण्डपको पार्क, उद्यानलगायतका क्षेत्रको व्यवस्थापन गर्नसमेत निर्देशन दिँदै भाडा नतिर्नेसँग कसरी भाडा उठाउने भन्ने सन्दर्भमा योजना बनाउनुपर्नेमा जोड दिइन । उनले भनिन्, “सरकारी संरचनामा बसेर भाडा नतिर्ने भन्ने हुँदैन । यहाँ भाडामा बसिरहेका तर लामो समयदेखि भाडा नतिर्नेलाई कसरी उठाउने भन्ने विषयमा योजना बनाएर काम गर्नुस् ।”
त्यस अवसरमा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका जीर्ण संरचना व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - २१:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा जुट्...
जेष्ठ ६ गते, २०८१ - २०:४१
काठमाडौं । ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धि विशिष्ट सेवा उपलब्ध गराउने भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा...
जेष्ठ ६ गते, २०८१ - २०:३०
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख मार्टिन ग्रिफिथले आइतबार घेरामा परेको गाजामा अनिकालको चेतावनी दिँदै त्यहाँसम्म पुग्ने सहयातामाथिको अवरोध...
जेष्ठ ६ गते, २०८१ - २०:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्...
जेष्ठ ६ गते, २०८१ - २०:२१
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजक...
जेष्ठ ६ गते, २०८१ - २०:१६
वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ । कार्याल...
जेष्ठ ६ गते, २०८१ - २०:०९
दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएको बताएका छन् । नेत्रलाल पौडेलको ४१औँ स्मृति दिव...
जेष्ठ ६ गते, २०८१ - २०:०७
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आजदेखि भत्काउन सुरुआत गरेको छ । मापदण्ड विपरीत जग्गा अतिक्रम...
जेष्ठ ६ गते, २०८१ - २०:०२
काठमाडौं । काठमाडौंको बालाजुमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरे...
जेष्ठ ६ गते, २०८१ - १९:२४
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर स...
प्रतिकृया लेख्नुहोस्: