काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । काठमाडौँमा आज नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव, २०८१ को उद्घाटन गर्नुहुँदै उनले साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे ।
राष्ट्रपति पौडेलले मुलुकको अर्थतन्त्रको मूल जग नै साना घरेलु उद्योग भएको प्रस्ट पारे । “गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि तथा आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योगको योगदान छ,” उनले भने, “घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चापदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायत समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरी अघि बढ्नुपर्छ ।”
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको महोत्सवमा राष्ट्रिपति पौडेलले घरेलु उद्योगले स्थानीय श्रम, सीप, प्रविधि, कच्चापदार्थ, जनशक्तिको प्रयोग गरी थोरै लगानीमा उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउनसक्ने बताउनुभयो । फलस्वरुप स्थानीयस्तरमा आत्मनिर्भर बढाउनाका साथै अन्तर्राष्ट्रिस्तरमा श्रम र संस्कृतिको पहुँच विस्तार हुने उनको भनाइ थियो । “यसबाट नेपाली सीप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्छ”, राष्ट्रपति पौडेलले भने ।
पूँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगी मारमा परेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्यले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा सना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताए । देशमै उत्पादित वस्तुको प्रवद्र्धन गरी उद्योगको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्था मिलाउन तत्काल आवश्यक रहेको उनले बताए । महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठुलो सङ्ख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउन राष्ट्रपति पौडेलले सरकारको ध्यानाकर्षण गराए ।
“यसका लागि महिला र युवालाई सहुलियत कर प्रदान गर्ने, बिक्री कक्ष स्थापना गर्ने, स्वदेशी वस्तु बिक्री बजारको व्यवस्था गर्ने, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका विषयलाई महत्व दिनुपर्छ”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: