Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

झपा र मोरङका २४ वटा सहकारीबाट लाखाैं चोरी

गिरोह पक्राउपछि चोरी रोकियो

खबरडबली संवाददाता

विराटनगर । मोरङमा एकपछि अर्को गर्दै सहकारी संस्थाहरुमा चोरी हुने घटना बढेको छ । पछिल्लो नौं महिनाको अवधिमा मोरङमा १२ वटा सहकारीबाट ४० लाख रुपैयाँ भन्दा बढी रकम चोरी भएको  छ ।

साउन १२ गतेदेखि वैशाख ६ गतेसम्म मोरङका विभिन्न स्थानबाट १२ वटा सहकारीमा चोरी भएको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए । 

रतुवामाई नगरपालिका–६ मा रहेको सौंठा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा दुई पटक चोरी भएको छ । यसैगरी सोही वडाको सुनगाभा बचत तथा ऋण सहकारी संस्था शनिश्चरे, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कानेपोखरी–७, आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड कानेपोखरी–६, सिंद्देश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरीशनिश्चरे, एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेटाङ –२ फडानी र खैरेनी सेवा केन्द्रमा चोरी भएको जनाइएको छ ।

त्यस्तै जनप्रेमी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलावारी –८ राधानगर, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबेलवारी–३, लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलवारी–३, झलझली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलबारी –१०, दिपज्योती नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलवारीमा पनि तोडफोड तथा नगद र सामान चोरी भएको अध्यक्ष पोखरेलले बताए । यी सहकारीबाट ४० लाख भन्दा बढी रकम चोरी भएको उनको भनाइ छ  । २०८० साउनदेखि २०८१ वैशाख ६ गतेसम्म श्रृङ्खलाबद्ध चोरी भएको जिल्ला सहकारीमा जानकारी आएको  र सहकारीमा चोरी बढन थालेपछि शान्ति सुरक्षाको माग गरिएको उनले बताए ।

सहकारीमा चोरी, तोडफोड, कर्मचारीमाथि आक्रमण जस्ता अपराधिक गतिविधिहरु बढेपछि शान्ति सुरक्षा माग राख्दै संघले ज्ञापन पत्र बुझाएको हो । अपराधिक गतिविधि नियन्त्रण गर्नुपर्ने र दोषी पत्ता लगाइ कारबाही गर्नुपर्ने आदि माग राख्दै संघका जिल्ला अध्यक्ष पोखरेल नेतृत्वको टोलीले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष डा.पोखरेलले जिल्लाका विभिन्न स्थानमा संचालन भइरहेका सहकारी संस्थामा तोडफोड गरी नगद तथा भौतिक सामान चोरी गर्ने, कर्मचारीलाई कुटपिट र अभद्र व्यवहार गर्ने जस्ता कार्य बढीरहेकोले उक्त कार्य नियन्त्रण गरि शान्ति सुरक्षाको प्रत्याभुत गर्न र त्यस्ता कार्यमा संलग्न रहेकाको खोजी गरी कार्वाही गर्न माग गरेका थिए ।

संघले बुझाएको ज्ञापन पत्रमा जिल्लाका एक दर्जन वढी सहकारी संस्थामा चालु आ।व।२०८०÷८१ को साउनदेखि यहि बैशाख ६ गतेसम्म तोडफोड गरी नगद तथा सामान चोरी भएकोले उक्त घटनामा संलग्नलाई खोजी गरी कार्वाही गर्न र चोरी भएका सहकारी संस्थाको रकम तथा सामाग्रीको क्षतीपूर्ति दिलाउन माग गरिएको छ । साथै निरन्तर भइरहेका यस्ता गतिविधिहरुका कारण सहकारी संघ÷संस्थाहरुको संचालन प्रकृयामा नै गम्भीर समस्याहरु देखापरिरहेकोले तत्काल शान्ति सुरक्षा मजबुद बनाउनसमेत संघले माग गरेको छ ।

संघले सहकारी संस्थामा चोरी डकैतीमा संलग्न केही ब्यक्तिहरुलाई झापा प्रहरीले पक्राउ गरी हाल थुनामा राखिएकोले झापा जिल्ला प्रशासनसँग समन्वय गरी छानविन बढाउन माग गरेको छ ।

गिरोह पक्राउपछि चोरी रोकियो

श्रृंखलाबद्ध सहकारी लुटपाट गर्ने छ जना गिरोहको समूहलाई पक्राउ गरेपछि अहिले सहकारी चोरीको घटना रोकिएको छ । इटहरीबाट ७ वैशाखमा पक्राउ परेका ६ जना समूहले झापा र मोरङमा श्रृंखलाबद्ध रूपमा २४ सहकारी लुटपाट गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसनधानबाट खुलेको छ ।

२४ सहकारीबाट झण्डै आधा करोड रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुमान छ । झापामा मात्रै १३ वटा सहकारीबाट ३० लाख १६ हजार रुपैयाँ लुटेको झापा प्रहरीले जनाएको छ ।
झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङमा ल्याएर प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ । त्यसपछि लुटपाट गरेको रकम थाहा हुने मोरङ प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा ‘फाखेल समूह’ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्त बहादुर स्याङतान उर्फ सुनिल, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङतान, २८ वर्षका अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान छन् । उनीहरूलाई वैशाख ७ मा पक्राउ गरेर झापा प्रहरीले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ फाखेल घर भएका आरोपीहरूले सहकारीलाई मात्रै टार्गेट गरेर चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending