Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

झपा र मोरङका २४ वटा सहकारीबाट लाखाैं चोरी

गिरोह पक्राउपछि चोरी रोकियो

खबरडबली संवाददाता

विराटनगर । मोरङमा एकपछि अर्को गर्दै सहकारी संस्थाहरुमा चोरी हुने घटना बढेको छ । पछिल्लो नौं महिनाको अवधिमा मोरङमा १२ वटा सहकारीबाट ४० लाख रुपैयाँ भन्दा बढी रकम चोरी भएको  छ ।

साउन १२ गतेदेखि वैशाख ६ गतेसम्म मोरङका विभिन्न स्थानबाट १२ वटा सहकारीमा चोरी भएको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए । 

रतुवामाई नगरपालिका–६ मा रहेको सौंठा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा दुई पटक चोरी भएको छ । यसैगरी सोही वडाको सुनगाभा बचत तथा ऋण सहकारी संस्था शनिश्चरे, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कानेपोखरी–७, आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड कानेपोखरी–६, सिंद्देश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरीशनिश्चरे, एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेटाङ –२ फडानी र खैरेनी सेवा केन्द्रमा चोरी भएको जनाइएको छ ।

त्यस्तै जनप्रेमी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलावारी –८ राधानगर, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबेलवारी–३, लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलवारी–३, झलझली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलबारी –१०, दिपज्योती नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलवारीमा पनि तोडफोड तथा नगद र सामान चोरी भएको अध्यक्ष पोखरेलले बताए । यी सहकारीबाट ४० लाख भन्दा बढी रकम चोरी भएको उनको भनाइ छ  । २०८० साउनदेखि २०८१ वैशाख ६ गतेसम्म श्रृङ्खलाबद्ध चोरी भएको जिल्ला सहकारीमा जानकारी आएको  र सहकारीमा चोरी बढन थालेपछि शान्ति सुरक्षाको माग गरिएको उनले बताए ।

सहकारीमा चोरी, तोडफोड, कर्मचारीमाथि आक्रमण जस्ता अपराधिक गतिविधिहरु बढेपछि शान्ति सुरक्षा माग राख्दै संघले ज्ञापन पत्र बुझाएको हो । अपराधिक गतिविधि नियन्त्रण गर्नुपर्ने र दोषी पत्ता लगाइ कारबाही गर्नुपर्ने आदि माग राख्दै संघका जिल्ला अध्यक्ष पोखरेल नेतृत्वको टोलीले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष डा.पोखरेलले जिल्लाका विभिन्न स्थानमा संचालन भइरहेका सहकारी संस्थामा तोडफोड गरी नगद तथा भौतिक सामान चोरी गर्ने, कर्मचारीलाई कुटपिट र अभद्र व्यवहार गर्ने जस्ता कार्य बढीरहेकोले उक्त कार्य नियन्त्रण गरि शान्ति सुरक्षाको प्रत्याभुत गर्न र त्यस्ता कार्यमा संलग्न रहेकाको खोजी गरी कार्वाही गर्न माग गरेका थिए ।

संघले बुझाएको ज्ञापन पत्रमा जिल्लाका एक दर्जन वढी सहकारी संस्थामा चालु आ।व।२०८०÷८१ को साउनदेखि यहि बैशाख ६ गतेसम्म तोडफोड गरी नगद तथा सामान चोरी भएकोले उक्त घटनामा संलग्नलाई खोजी गरी कार्वाही गर्न र चोरी भएका सहकारी संस्थाको रकम तथा सामाग्रीको क्षतीपूर्ति दिलाउन माग गरिएको छ । साथै निरन्तर भइरहेका यस्ता गतिविधिहरुका कारण सहकारी संघ÷संस्थाहरुको संचालन प्रकृयामा नै गम्भीर समस्याहरु देखापरिरहेकोले तत्काल शान्ति सुरक्षा मजबुद बनाउनसमेत संघले माग गरेको छ ।

संघले सहकारी संस्थामा चोरी डकैतीमा संलग्न केही ब्यक्तिहरुलाई झापा प्रहरीले पक्राउ गरी हाल थुनामा राखिएकोले झापा जिल्ला प्रशासनसँग समन्वय गरी छानविन बढाउन माग गरेको छ ।

गिरोह पक्राउपछि चोरी रोकियो

श्रृंखलाबद्ध सहकारी लुटपाट गर्ने छ जना गिरोहको समूहलाई पक्राउ गरेपछि अहिले सहकारी चोरीको घटना रोकिएको छ । इटहरीबाट ७ वैशाखमा पक्राउ परेका ६ जना समूहले झापा र मोरङमा श्रृंखलाबद्ध रूपमा २४ सहकारी लुटपाट गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसनधानबाट खुलेको छ ।

२४ सहकारीबाट झण्डै आधा करोड रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुमान छ । झापामा मात्रै १३ वटा सहकारीबाट ३० लाख १६ हजार रुपैयाँ लुटेको झापा प्रहरीले जनाएको छ ।
झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङमा ल्याएर प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ । त्यसपछि लुटपाट गरेको रकम थाहा हुने मोरङ प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा ‘फाखेल समूह’ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्त बहादुर स्याङतान उर्फ सुनिल, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङतान, २८ वर्षका अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान छन् । उनीहरूलाई वैशाख ७ मा पक्राउ गरेर झापा प्रहरीले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ फाखेल घर भएका आरोपीहरूले सहकारीलाई मात्रै टार्गेट गरेर चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी चेम्बरको रणनीतिक योजना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पु¥याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल...

रोल्पामा पानी ट्यांकरले च्याप्दा महिलाको मृत्यु

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर ...

युवा विदेश पलायन हुँँदा जमिन बाँझै, दैलेखमा ८ हजार हेक्टर खेतीयोग्य भूमी जंगल बन्दै

दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार ब...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रै...

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस  जनाको मृत्यु भएको आइतब...

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

काठमाडौं ।  सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ ।   “दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्था...

काश्मिरमा संदिग्ध विद्रोहीद्वारा भाजपाका स्थानीय नेताको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी ग...

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

काठमाडौं ।  श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार मह...

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

काठमाडौं ।  अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थ...

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies