Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

खबरडबली संवाददाता

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए ।

यो त्यही ठाउँ हो जहाँ रुसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतीय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो ।

शपथपछि पुटिनले भने, 'हामी अझ बलियो बन्नेछौँ । हामीलाई शत्रु ठानेका देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनेछौँ । जनताको विश्वास कायम राख्न सक्दो प्रयास गर्नेछु ।' 

रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका छन् ।

अमेरिका, बेलायत र धेरै युरोपेली देशहरूले रुसमा पुटिनको शपथ ग्रहण समारोह बहिष्कार गरेका थिए । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको सपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एमाले भक्तपुरको अध्यक्षमा देउजा निर्वाचित

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएका छन् ।  यसअघि पनि जिल्ला अध...

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः प्रमुख कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् । महानगरले आयोजना गरेको पाँचदिने सहक...

सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने

काठमाडौं । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरम...

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारवाही गरेको जानकारी

काठमाडौं । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी सभामुखलाई दिएको छ ।  जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्...

‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । यस वर्षको संस्करण आगामी असार ६ देखि ९ गते (जुन २० देख...

महाेत्तरीका गरिब बस्तीमा इन्धनको चिन्ता

महोत्तरी । बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो...

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

काठमाडौं । इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धपछि गाजाका लागि नयाँ योजना नबनाए आफूले क्याबिने...

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं । मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पु...

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा

पर्वत । पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न लागेका छन् । कृषि ज्ञान केन्द्र पर्वतले खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम संचा...

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies