Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

नयाँ सहर विस्तार आयोजना सरकारकाे उच्च प्राथमिकतामा छ: मन्त्री बुढा

खबरडबली संवाददाता

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

काठमाडौं उपत्यका भित्र रहेको ईशान कोण नयाँ सहर विस्तार आयोजनाको मंगबार निरीक्षण गर्दै मन्त्री बुढाले बजेट अभावका कारण सहर विस्तारको कार्यक्रम अपेक्षा अनुसार अघि बढ्न नसके पनि आफ्नै ढंगबाट अगाडि बढिरहेको बताए ।

सरकारले संघीय राजधानीमा मात्र नभई हिमाल, पहाड र तराईका जिल्लामा समेत नयाँ सहर आयोजनालाई प्रभावकारीरूपमा अघि बढाउन चाहेको उल्लेख गरे । अहिलेसम्म सरकारले पहिचान गरिसकेका ५० बढी स्थानमा नयाँ सहर बनाउने योजनालाई आगामी बजेटमा समेत निरन्तरता दिइएको भन्दै सुविधा खोज्ने होडवाजीमा असन्तुलित बसाइसराईलाई रोक्न सरकारले देशैभर नयाँ सहरको अवधारणालाई महत्त्वका साथ हेरेको बताए ।

अनुगमनका क्रममा मन्त्री बुढाले नयाँ सहरको विस्तार गर्दा आवश्यक मापदण्ड र पूर्वाधार विकासको तालमेलमा विशेष ध्यान दिनसमेत आग्रह गरे । 

उक्त निरीक्षण कार्यक्रममा बागमती प्रदेश सभा सुरेश श्रेष्ठ, काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, सहसचिव नवराज प्याकुरेल, पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका स्वकिय तथा नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष प्रवीण पौडेल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन: १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि, गृह, उद्योग...

दोस्रोपटक निर्धारण गरिएको समयभन्दा करिब दुई घण्टा ढिलोगरी प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आज बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि दूईपटकसम्म सारेर साढे चार बजेका लागि निर्धारण भएक...

गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाइँहरुको गन गनले मात्र चल्दैछ ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिँदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बत...

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित...

नेकपा एमाले भक्तपुरको अध्यक्षमा देउजा निर्वाचित

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएका छन् ।  यसअघि पनि जिल्ला अध...

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः प्रमुख कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् । महानगरले आयोजना गरेको पाँचदिने सहक...

सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने

काठमाडौं । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरम...

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारवाही गरेको जानकारी

काठमाडौं । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी सभामुखलाई दिएको छ ।  जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्...

‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । यस वर्षको संस्करण आगामी असार ६ देखि ९ गते (जुन २० देख...

महाेत्तरीका गरिब बस्तीमा इन्धनको चिन्ता

महोत्तरी । बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies