वीरगञ्ज । वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको सयुँक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट एक जनालाई पक्राउ गरेको हो ।
वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेलको साथबाट स्रोत नखुलेको रकम फेला परेको हो ।
पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाकाअनुसार पटेलले बोकेको कालो रंगको झोलाभित्र लुकाई छिपाई राखिएको एक हजार दरको नोट ८८९ थान (८ लाख ८९ हजार), पाँच सय दरको नोट ८५० थान (४ लाख २५ हजार) र एक सय दरको नोट १० थान (एक हजार) गरी जम्मा १३ लाख १५ हजार रकम बरामद गरिएको हो ।
साथै विभिन्न बैंकका खाली चेक ७ थान पनि बरामद गरिएको छ । पटेलविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - १९:११
काठमाडौं । अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता भाग्यमानी मान्छे कमै हुन्छन् जसको सपना पूरा हुन्छ । तर, अब केहीको यो सपना पूरा हुन लाग...
जेष्ठ ६ गते, २०८१ - १९:०७
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण दिएका छन् । प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिँद...
जेष्ठ ६ गते, २०८१ - १९:०२
काठमाडौं । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भ...
जेष्ठ ६ गते, २०८१ - १८:५८
गण्डकी । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा महानगरपालिका–१६ मा विभिन्न सडक तथा पुल निर्माण सम्पन्न भएका छन् । वडाभित्रका भूतेखोला मोटरेबल पुल, घुरकुन...
जेष्ठ ६ गते, २०८१ - १८:५३
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि, गृह, उद्योग...
जेष्ठ ६ गते, २०८१ - १८:४८
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आज बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि दूईपटकसम्म सारेर साढे चार बजेका लागि निर्धारण भएक...
जेष्ठ ६ गते, २०८१ - १८:४२
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिँदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बत...
जेष्ठ ६ गते, २०८१ - १८:३९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही सराईली र नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित...
जेष्ठ ६ गते, २०८१ - १८:२७
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएका छन् । यसअघि पनि जिल्ला अध...
जेष्ठ ६ गते, २०८१ - १८:२१
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् । महानगरले आयोजना गरेको पाँचदिने सहक...
प्रतिकृया लेख्नुहोस्: