काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । नेपाल तयारी पोशाक उद्योग सङ्घका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवद्र्धनबारे ज्ञापनपत्र बुझ्दै उनले तयारी पोशाकलगायत निर्यातजन्य वस्तु निर्यातका समस्या समाधानका विषयमा चाँडै निर्यात व्यवसायीसँग बृहत छलफल गर्ने बताए ।
मन्त्री भण्डारीले भने, 'निर्यात व्यवसायीसित बृहत छलफल गरेर ठोस निर्णय लिनुपर्ने छ, निर्यातको अवस्था सारै नाजुक भयो, नेपाली वस्तुको निर्यातका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै किसिमका काम गर्न म प्रतिबद्ध छु, निर्यातका सवालमा पूँजीगत समस्या छ, यसमा हामी गम्भिर छौँ, आगामी बजेटले यस विषयमा सम्बोधन गर्छ ।'
सोही अवसरमा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितको टोलीको ज्ञापनपत्र बुझेपछि वाणिज्य सचिव दिनेशकुमार घिमिरेले सम्बन्धित भन्सारका प्रमुखलाई तयारी पोशाक निर्यातमा सहजीकरण गर्न समन्वयका लागि निर्देशन दिए ।
सङ्घले मन्त्री भण्डारी समक्ष तयारी पोशाकको उत्पादन र निर्यात प्रवद्र्धन गर्ने क्रममा संसारका प्रचलित नवीनतम प्रविधि, तदनुसारको प्रशिक्षण तथा लगानीलाई प्रोत्साहन गर्नु अपरिहार्य रहेको माग गरेको थियो । ज्ञापनपत्रमा भनिएको छ, 'मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र/संस्थाहरुको आर्थिक/प्राविधिक सहायतमा सञ्चालन भइरहेका कार्यक्रम तथ आयोजनाबाट तयारी पोशाक उत्पादन निर्यात प्रवद्र्धन हेतु आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने सूचीमा यस सङ्घको नाम पनि समावेश गर्न अनुरोध छ ।'
काठमाडौं उपत्यका वा विकल्पमा निकटवर्ती जिल्लामा उपलब्ध पर्ति जग्गामध्येबाट करीब तीन सय रोपनी जग्गामा वातावरणमैत्री तयारी पोशाक ग्रामको अवधारणाअनुसार उपत्यका भरि छरिएर रहेका स–साना उद्योगलाई एकै स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्ने प्रबन्ध गर्नसमेत सङ्घले माग गरेको छ । ज्ञापनमा भनिएको छ, 'यस्तो हुन सकेमा अन्तर्राष्ट्रिय साना तथा मझौला क्रेताहरुलाई सरल पहुँच, महाविद्यालयका शिक्षार्थीलाई औद्योगिक अध्ययन–अवलोकन भ्रमण केन्द्र र एकीकृत औद्योगिक वातावरण निर्माणसमेत गर्न सकिने छ ।'
सङ्घले वि.सं. २०४६ देखिको खपत मापदण्डलाई अद्यावधिक गरी उद्योगीहरुको आवश्यकताअनुसार थप मापदण्डसमेत उक्त तयारी पोशाक निर्यात प्रवद्र्धन समितिले निर्धारण गर्नुपर्ने माग गरेको छ । साथै नयाँ मापदण्ड निर्धारण नभएसम्मका लागि साविक बमोजिम निकासी र बैँक प्रत्याभूति फुकुवा हुनका लागि अर्थ मन्त्रालयमा समन्वय गरिदिनुपर्ने लगायतका सङ्घका माग छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: