एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले सन् १९९९ मा युगोस्लाभियामा चिनियाँ दूतावासमा भएको बम विस्फोटको आलोचना गर्दै बेइजिङले ‘यस्तो दुःखद इतिहासलाई कहिल्यै दोहोरिन अनुमति नदिने’ चेतावनी दिएका छन् ।
कोभिड महामारीपछि युरोपको पहिलो भ्रमणको अर्को विश्राममा सर्बियाली राजधानी बेलग्रेड पुग्नअघि सीले मङ्गलबार सर्बियाली दैनिक पोलिटिकामा उक्त चेतावनी दिएका हुन् । उनको भ्रमण सैन्य गठबन्धनद्वारा बम विस्फोटको २५ औँ वार्षिकीसँग मेल खान्छ । तीन जनाको मृत्यु हुने गरी भएको उक्त बम विस्फोटका लागि सिआइए म्यापिङ त्रुटिमा दोषी ठहराइएको थियो ।
“आजभन्दा २५ वर्षअघि नाटोले युगोस्लाभियामा चिनियाँ दूतावासमाथि गरेको बम आक्रमणमा तीन चिनियाँ पत्रकार मारिएका थिए”, सीले पोलिटिकामा लेखेका छन्, “यसलाई हामीले कहिल्यै बिर्सनु हुँदैन, चिनियाँ जनता शान्ति चाहन्छन् तर यस्तो प्रकारको दुःखद इतिहासलाई कहिल्यै दोहोरिन अनुमति दिनेछैनौँ ।”
उनले चीन र सर्बियाबीच ‘मजबुत मित्रता’ को प्रशंसा गर्दै भने, “यो हाम्रा देशवासीहरूको रगतले बनेको हो ।” फ्रान्सको राजकीय भ्रमणपछि सी मङ्गलबार राति बेलग्रेड पुग्नुहुने अपेक्षा गरिएको छ । फ्रान्समा सीले युक्रेन युद्धलायतका विषयमा राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग छलफल गरेका थिए ।
उनको युरोपको अर्को भ्रमण सर्बिया र हङ्गेरीमा हुनेछ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसप्रति सबैभन्दा धेरै सहानुभूति राख्ने छिमेकी मुलुकमा सर्बिया र हङ्गेरीलाई हेरिन्छ ।
चीनले सर्बिया र छिमेकी बाल्कन मुलुकहरूमा विशेषरूपमा खानी र निर्माण क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ । गत वर्ष बेइजिङ र बेलग्रेडले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: